२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा मानिसलाई घरभित्रै राख्न “भूतको पेट्रोलिङ”



अ+ अ-

काठमाडौं । कोरोना महामारीकाबाट बच्न अहिले विश्वका धेरै देशहरुले आफ्नो मुलुकलाई लकडाउनमा राखेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्न तत्कालका लागि लकडाउनको विकल्प नरहेको बताउँदै आएको छ ।

विभिन्न मुलुकहरुले लकडाउनलाई पूर्ण पालना गरी मानिस मानिसबीचको सामाजिक दूरि कायम राख्न विभिन्न किसिमका प्रयोगहरु गर्ने गरेका छन् । कुनै कुनै मुलुकले सेनालाई प्रयोग गरेका छन् भने कुनैले पूर्णरुपमा कफ्र्यु नै लगाएका छन् । तर इन्डोनेसियाको एउटा गाउँमा भने नितान्तै नयाँ प्रयोग गरी मानिसहरुलाई लकडाउनमा घरभित्रै राख्ने गरिएको छ ।

रोयटर्सका अनुसार इन्डोनेसियाको जाभा द्वीपको केपुह भिलेजमा मानिसलाई रातमा घरबाट बाहिर निस्कन रोक्नका लागि रातभर भूतले पेट्रोलिङ गर्ने गरेको छ । त्यहाँ दुईजना मानिसले भूतको जस्तै कपडा लगाएर रातभर गाउँमा गस्ति गर्ने गरेको उल्लेख गरेको छ ।

ती मानिसले पुरै शरिर छोपिने गरी सेतो पहिरन लगाएर रातको समयमा मानिसलाई तर्साउने र घरबाट बाहिर निस्कन नदिने गरेका छन् ।

इन्डोनेसियाको लोककथा अनुसार “पोकोङ्ग” भनिने यो भूतलाई मृत व्यक्तिको फसेको आत्माका रुपमा लिइन्छ ।

सुरुसुरुमा त यो भूतको प्रभाव त्यति राम्रो भएन, तर अहिले यसले राम्रो काम गरेको छ । कुनै पनि व्यक्ति आफ्नो घरबाट बाहिर निस्केका छैनन्, एकजना स्थानीय कर्नो सुपाड्मोले रोयटर्सलाई बताए ।