१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा मानिसलाई घरभित्रै राख्न “भूतको पेट्रोलिङ”



अ+ अ-

काठमाडौं । कोरोना महामारीकाबाट बच्न अहिले विश्वका धेरै देशहरुले आफ्नो मुलुकलाई लकडाउनमा राखेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्न तत्कालका लागि लकडाउनको विकल्प नरहेको बताउँदै आएको छ ।

विभिन्न मुलुकहरुले लकडाउनलाई पूर्ण पालना गरी मानिस मानिसबीचको सामाजिक दूरि कायम राख्न विभिन्न किसिमका प्रयोगहरु गर्ने गरेका छन् । कुनै कुनै मुलुकले सेनालाई प्रयोग गरेका छन् भने कुनैले पूर्णरुपमा कफ्र्यु नै लगाएका छन् । तर इन्डोनेसियाको एउटा गाउँमा भने नितान्तै नयाँ प्रयोग गरी मानिसहरुलाई लकडाउनमा घरभित्रै राख्ने गरिएको छ ।

रोयटर्सका अनुसार इन्डोनेसियाको जाभा द्वीपको केपुह भिलेजमा मानिसलाई रातमा घरबाट बाहिर निस्कन रोक्नका लागि रातभर भूतले पेट्रोलिङ गर्ने गरेको छ । त्यहाँ दुईजना मानिसले भूतको जस्तै कपडा लगाएर रातभर गाउँमा गस्ति गर्ने गरेको उल्लेख गरेको छ ।

ती मानिसले पुरै शरिर छोपिने गरी सेतो पहिरन लगाएर रातको समयमा मानिसलाई तर्साउने र घरबाट बाहिर निस्कन नदिने गरेका छन् ।

इन्डोनेसियाको लोककथा अनुसार “पोकोङ्ग” भनिने यो भूतलाई मृत व्यक्तिको फसेको आत्माका रुपमा लिइन्छ ।

सुरुसुरुमा त यो भूतको प्रभाव त्यति राम्रो भएन, तर अहिले यसले राम्रो काम गरेको छ । कुनै पनि व्यक्ति आफ्नो घरबाट बाहिर निस्केका छैनन्, एकजना स्थानीय कर्नो सुपाड्मोले रोयटर्सलाई बताए ।