२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ल्याहाले पाए कोरोना र भाइरस नाम



अ+ अ-

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ।

विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएका छन्। सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ।

जन्मिँदा कोरानाको तौल २.५ केजी र भाइरसको १.७ केजी रहेको अनमी बोहराले जानकारी दिए। अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ।