१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

राहत कोषमा ४ करोड

राहत कोषमा ४ करोड
अ अ+ अ-

दैलेख । जिल्लाको एघार स्थानीय सरकारले चार करोडको विपत् कोष खडा गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध जुध्नका लागि पालिकाहरुले धमाधम विपत् कोष खडा गरेर सुरक्षाका लागि आवश्यक सामग्री, औषधि खरिदसँगै क्वारेन्टाइन निर्माणमा जुटेका छन् ।

आठबीस नगरपालिकाले रु ७९ लाख राहत कोषमा राखेर काम शुरु गरेको छ । नारायण नगरपालिकाले रु ३० लाख कोषमा जम्मा गरेको छ । दुल्लू नगरपालिकाले रु ६३ लाख, चामुण्डा बिन्द्रासैनी नगरपालिकाले रु ५० लाख रकम विपत् व्यवस्थापनका लागि विनियोजन गरेर काम शुरु गरेका छन् ।

नौमूले गाउँपालिकाले रु १० लाख, डुगेश्वर गाउँपालिकाले २५ लाख, भगवतीमाई गाउँपालिकाले ३० लाख, महावु गाउँपालिकाले ५० लाख, भैरवी गाउँपालिकाले १९ लाख, गुराँस गाउँपालिकाले ३० लाख रकम कोभिड–१९ राहत कोषमा जम्मा गरेर काम सञ्चालन गरिरहेका छन् ।

राहत कोषमा जम्मा भएको रकमको सही सदुपयोग गर्नुपर्नेमा आम नागरिकले चासो देखाएका छन् । रकम आवश्यकताका आधारमा खर्च भएमा कोरोना सङ्क्रमणबाट जनता जोगाउन सकिने भएकाले सबैले पारदर्शिता काम गर्नुपर्नेमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले आग्रह गर्नुभएको छ । दैलेखको दुर्गम मानिने आठबीस र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न वडाका विद्यालयलाई आपतकालीन क्वारेन्टाइन बनाइएको छ । निर्माण गरिएका क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसँगै स्वाब सङ्कलन गरी जाँच कार्यलाई पनि निरन्तरता दिइएको छ ।

सङ्क्रमण फैलिन नदिन र समुदायका विपन्न वर्गको सुरक्षाका लागि दैलेखमा जनचेतना राहत सामग्री वितरणलाई तीव्र पारिएको छ । सरकारले लकडाउनको अवधि बढाएसँगै दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्तिको तत्थ्याङ्क सङ्कलन गरेको छ ।