१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार

विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार
अ अ+ अ-

लम्की । कोभिड–१९ बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउंँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले आजदेखि अभियान शुरु थालेको छ । लम्की चुहाले ४८४ र जानकीले २३७ जना विदेशबाट आएको पत्ता लगाएका छन् ।

यसरी पत्ता लगाएका व्यक्तिको सोमबारदेखि यापिड टेष्ट शुरु गरिएको लम्कीचुहाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी गराउनुभयो । ‘‘ अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ’’, बिसीले भन्नुभयो, ‘‘लम्कीका दुई नागरिकमा कोभिड –१९ संक्रमण देखिएपछि झन् त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिक पनि खोज्न थालेका हौंँ ।’’

यता कैलालीको धनगढीपछि ठूलो जनसंख्या भएको नगरपालिका टीकापुरमा पनि अभियान आजदेखि शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । रावलका अनुसार टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेविका गरी २५४ जना परिचालन गरिएको छ । परिचालित स्वास्थ्यकर्मी र स्वयंसेविकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने, साबुनपानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । यसबाहेक विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेण्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड– १९ का लक्षण तथा बच्ने उपायबारे जानकारी गराउनेछन् । तीन दिनभित्र तथ्यांक संकलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको स्वास्थ्य शाखा संयोजक रावलले बताउनुभयो ।

‘‘ तीन सय ३० जना विदेशबाट आएकाहरुको तथ्यांक टीकापुर नगरपालिकासंँग छ । यसको दोब्बर संख्या हुन सक्ने अनुमान हाम्रो छ ’’, रावलले भन्नुभयो,‘‘तथ्यांक संकलनपछि र्यापिड टेष्ट गरिने छ ।’’ नगरपालिकामा ६० जनाको र्यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।
कैलालीमा त्रास

सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको नयाँ संक्रमण फेला परेपछि यहाँका नागरिक त्रस्त छन् । लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिनअघि लम्की पुग्नुभएको थियो । लम्की चुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु नेपाल र भारतको वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । तीमध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको पनि बताइन्छ । सोमबार कोरोना संक्रमण पुष्टि भएकी महिला वीरगञ्ज नाका नजीक चिया बेच्ने काममा संलग्न रहेको बताइन्छ ।

क्वारेन्टाइनमा बसेकै बेला त्यहाँं रहेका सबैको ¥यापिड टेष्ट गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको ¥यापिड टेष्ट नेगेटिभ आए पनि स्वाबको पिसिआर टेष्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको नमूना पोजेटिभ आएपछि संक्रमित महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट नेगेटिभ आएपछि नयाँ वर्ष मनाउन घर जान पाउनुपर्ने माग गर्न थालेकाले उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै गत चैत २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । ती महिलाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताउनुभयो । संक्रमितसंँग क्वारेन्टाइनबाट घर पठाइएका बाँकी १६ जनालाई समेत सोमबार फेरि क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमितको लम्कीमा घर नभएको र आफन्तका घरमा गएको बुझिएको छ । संक्रमित क्वारेन्टाइनबाट फर्किएपछि उहांँ बसेका आफन्तको घर र अरु सम्पर्क भएकाहरुको पहिचान भइरहेको छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिने वडाध्यक्ष जनक बमले जानकारी दिनुभयो ।