११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

३१औँ दिनमा चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न

३१औँ दिनमा चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न
अ अ+ अ-

काठमाडौं। नेपाली चलचित्र ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिएको हो।

चलचित्रको छायाङ्कन सुरु हुनुअघि गत महिना काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको थियो। त्यति बेला निर्माता समेत रहेका लोकप्रिय गायक रामकृष्ण ढकाल का अभिभावक गोपाल कर्माचार्य ले पहिलो क्ल्याप दिएका थिए भने अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत ले पहिलो दृश्य अभिनय गर्दै छायाङ्कनको शुभारम्भ गरेका थिए।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् भने सह-निर्माता बाबु सुवेदी, रविन श्रेष्ठ, बेदना कर्माचार्य श्रेष्ठ र स्विकृति बस्नेत रहेका छन्। निर्माता ढकालले चलचित्रलाई स्तरीय र समाजसँग जोडिने भावनात्मक कथा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले दर्शकलाई आत्मीयतासहितको पारिवारिक प्रेमकथा दिने बताए। चलचित्रलाई प्रकु पाण्डेय ले निर्देशन गरेका हुन्। कथा स्वयं पाण्डेयकै लेखन हो भने पटकथा तथा संवाद गुरागाईँ ले तयार गरेका छन्।

यस चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल मुख्य भूमिकामा छन् भने सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

चलचित्रमा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी, कस्ट्युम डिजाइनर रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परियार रहेका छन्। राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउद का गीतलाई हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागर ले सङ्गीतबद्ध गरेका छन्।

निर्माण टिमले अब छायाङ्कनपछि पोस्ट–प्रोडक्सनको कामलाई तीव्रता दिने तयारी गरेको जनाएको छ।