१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

सुदूरपश्चिमका चार कोरोना संक्रमितमा देखिएन संक्रमणको कुनै लक्षण

सुदूरपश्चिमका चार कोरोना संक्रमितमा देखिएन संक्रमणको कुनै लक्षण
अ अ+ अ-

कैलाली । सुदुर पश्चिममा रहेका चार जना कोरोना सक्रिमितमा कुनै पनि लक्षण नदेखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकहरुले कोरोना संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने बताउँदै आएका छन् ।

तर सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा उपचार गरिरहेका चार जनामा विगत १० दिन देखी कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएको अस्पतालका प्रवक्ता तथा आकस्मिक विभागका प्रमुख डा. जगदिश जोशीले बताए ।

‘अस्पतालमा उपचाररत अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन’ उनले भने, ‘हिजो भर्ना भएकी महिलामा पनि उच्च रक्तचाप (प्रेसर) छ अरु केही समस्या छैन ।’

वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले अस्पताल भर्ना भएकी महिला विगत देखिनै प्रेसरको रोगी भएको बताए । ‘अन्यमा केही लक्षण छैन’ उनले भने ‘ती बृद्धा पनि पहिले देखिकै प्रेसरको रोगी भएको बुझिएको छ ।’

सुदूरपश्चिम प्रदेशमा पहिलो संक्रमण देखिएका धनगढीका ३४ बर्षका युवकलाई भने अहिले सामान्य खोकी देखिए पनि उनीबाट संक्रमित भएकी उनको परिवारका सदस्य महिलामा भने त्यो लक्षण पनि नदेखिएको डा. कमरले बताए ।

कोरोना संक्रमित कैलाली लम्की चुहाका २१ बर्षका युवक र कञ्चनपुर बेटकोटका ४१ बर्षका पुरुषमा पनि अहिले कुनै समस्या र कोरोनाको लक्षण नरहेको डा. कमरले बताए ।