१३ असार २०८३, शनिबार
,
Latest
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोले लाखौँको अन्नबाली क्षति



अ+ अ-

मुगु । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पुर्याएको छ । मुगु खत्याड गाँउपालिका–११ रातापानीमा रहेको स्याल खोलामाथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आउँदा लुई बगर, डाडिया बगर, जेउडी, माझ बगर र लाडु बगरका खेतमा पाकेर भित्र्याउन मात्र बाँकी रहेका लाखौँको अन्नबाली जौं र गहुँ बगाएको हो ।

“पाकेको जौं र गहुँ भित्र्याउने तयारी गरिरहेका बेला बाढी आएर खेतसहित सबै बाली बगाएर लग्यो । यो लकडाउनका बेला कसरी परिवार पाल्ने हो”, स्थानीय दीपबहादुर कार्कीले टेलिफोनमार्फत राससलाई भन्नुभयो । “पानी पर्ने र खोलामा बाढी आइरहने क्रम नरोकिएकाले अझै कति क्षति हुने हो थाहा छैन”, उहाँले भन्नुभयो ।

सोमबार राति नै परेको पानीले जिल्ला कै सोरु गाँउपालिकामा पनि ठूलै क्षति पु¥याएको छ । गाँउपालिका–२ नाथर्पु गाँउका लोकबहादुर कार्की र जोगीवाडा गाउँका बुढेनाथ योगीका घरमा बाढी पसेर घर बगाउँदा धनमालका साथै १० भेडाबाख्रासमेत बगेको स्थानीय स्वास्थ्यकर्मी मञ्जन शाहीले फोनमार्फत जानकारी गराउनुभयो । उहाँका अनुसार रावलबाडा, गुल्म, जवारधारामा पनि बाढीले लाखौँको अन्नबाली र खेत बगाएको र घटनास्थल तिर सोरुकोट प्रहरी चौकीबाट प्रहरी बिहानै घटना स्थलतर्फ गएका छन् ।

सोरु गाँउपालिकामा भएको घटनाको जानकारी भएर घटनास्थलतर्फ प्रहरी गएको र ठूलै सङ्ख्यामा भेडाबाख्रा बगाएर मरेको र अन्नबाली पनि लाखौँको क्षति भएको भन्ने जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनुभयो । घटनास्थलहरु जिल्ला सदरमुकाम गमगढीबाट दुई दिनको पैदलबाट पश्चिम र उत्तरमा छन् ।