१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कोरोना त्रास : शहरका नागरिक आएपछि गाउँको मुहार फेरिदै

कोरोना त्रास : शहरका नागरिक आएपछि गाउँको मुहार फेरिदै
अ अ+ अ-

ध्रुबसागर शर्मा,गलेश्वर । भारतको मुम्बईस्थित पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका—२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर अहिले आफ्नै खेतीपातीमा व्यस्त हुनुहुन्छ ।

विगत २० वर्षदेखि काठमाडौंको गोंगबुमा होटल व्यवसाय सञ्चालन गरेर बस्नुभएका ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोना भाइरस त्रासका कारण सपरिवार गाउँ फर्किएर वर्षौदेखि बाँझिएको खेतबारीमा प्राङ्गारिक मल खरिद गरी धमाधम केरा लगाउन थाल्नुभएको छ ।

बेनी बजारको एउटा वित्तीय संस्थामा कार्यरत श्याम शर्माले पनि गाउँको माटोमा पैसाको सुगन्ध भेटियो भन्दै तरकारी र पलफूल खेती विस्तार गर्ने ध्याउन्नमा आफूलाई केन्द्रित गर्नुभएको छ ।

घिमिरे, थापा र शर्मा मात्र होइन, कोरोना भाइरस ९कोभिड—१९० त्रासका कारण यतिखेर धेरै व्यक्तिहरु शहर छोडेर गाउँमा फर्किनुभएको छ । कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेकाहरु गाउँ फर्किएपछि गाउँलेले नयाँ त्राण पाएको छ । जसले गर्दा गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका लागि शहर बसेकाहरु फर्किएपछि गाउँको रुप फेरिएको छ ।

अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन । हिउँदेखेती थन्काएर कतै मकै लगाउने त कतै गोड्ने याम छ, अहिले गाउँमा । मल बोक्ने काम पनि धमाधम भइरहेको छ । यस्तै काममा आफूलाई व्यस्त राख्दै छन्, गाउँ फर्केका तन्नेरीहरु ।

कोरोना भाइरस महामारीको त्रासले शहर छोडेर गाउँमा फर्किनेको संख्या पनि निकै छ । पछिल्लो समय वृद्धाश्रम जस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ । युवाहरु धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरुप नै फेरिएको बेनी नगरपालिका—२ बगरफाँटका ८४ वर्षीय बेदप्रसाद शर्माले बताउनुभयो । “पहिला प्रायः शुन्यशुन्य जस्तो देखिने गाउँ अहिले भरिभराउ भएको छ”, उहाँले भन्नुभयो, “आपतविपत, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दो रहेछ ।”

गाउँ फर्केर आफ्नो १६ रोपनी खेतबारीमा २ सयभन्दा बढी मालभोग जातका केराका विरुवा लगाउँदै गरेका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताउनुभयो । लकडाउनका कारण शहर बजारमा मानिसहरु घरभित्र नै बसेका भएपनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कर्महरु भैरहेको गाउँलेहरुले बताएका छन् । खेतीपातीको काममा शहर र विदेशबाट आएका युवा खटेकाले अहिले गाउँका वृद्धबृद्धा, महिला र केटाकेटीहरुले राहत महशुस गरेका छन् ।

लकडाउनको असर गाउँमा कम छ । गाउँका खेतबारीमा काम भइरहेका छन् । कोही घर सिँगार्न व्यस्त छन् त कोही खेतबारीमा मल बोक्न । त्यस्तै कोहीलाई बाली भित्र्याउने चटारो छ । वर्षौदेखि बाँझो रहेका खेतवारीमा अहिले हरियाली छाएको छ । यो वर्ष उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय किसानहरु बताउँछन् ।

शहरको रमझम र सुविधामा अभ्यस्त भएका बालबालिकाहरु पनि गाउँको वातावरणमा रमाउँदै जान थालेका छन् । काठमाण्डौंबाट पहिलो पटक हजुरबुबासंग गाउँ आएका ११ वर्षीय रोशन घिमिरेले मम, चाउमीन, समोसा र बजारमा पाइने अरु खाजा भन्दा गाउँमा खाइने खाजा मिठो भएको बताउनुभयो । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाबाट बच्नका लागि गाउँ फर्किएका युवायुवती र बालबालिकाहरु अहिले गाउँको माहोलमा रमाएका छन् । गाउँको वातावरणमा सुरक्षित र रमाइलो दुवै भएको उनीहरुको भनाइ छ । गाउँका वृद्धबृद्धाले पनि अब गाउँको दिन आउँछ की भनेर आशा गर्न थालेका छन् । मालिका गाउँपालिका—५ देवीस्थानका रेशबहादुर बूढाले भन्नुभयो, “गाउँका पुराना घरहरु सिंगारिएका छन् । मर्मत सम्भार गरेर चिटिक्क पारिएको छ । बाटो र डहरो पनि सरसफाइ गरिएको छ । कोरोनाका कारण मरिने बाँचिने त ठेगान छैन तर गाउँको रुप भने परिवर्तन भएको देख्न पाइएको छ ।”

असिनापानीले अन्नबाली सखाप, बाटो अवरुद्ध
म्याग्दीमा गएरानित परेको भिषण असिनापानीले गहुँ, तरकारी र फलफूल खेतीमा ठूलो क्षति पुर्याएको छ ।

जिल्लाको रघुगङ्गा र मालिका गाउँपालिकाको विभिन्न वडामा परेको असिनापानीले पाकेर थन्काउने बेलाको गहुँ, जौ, लगायत खेतबारीमा रोपेको मकै, सिमी लगायतका तरकारी र सुन्तला जातका फलफूल खेतीमा ठूलो क्षति पुर्याएको स्थानीय कृषकले बताएका छन् ।

रघुगङ्गा गाउँपालिकाको वडा नं २ भगवती, वडा नं ३ पिप्ले र वडा नं ४ दग्नाम क्षेत्रमा ठूलो क्षति पु¥याएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारीका अनुसार करिब १ फिट सम्म परेको असिनाले गहुँ, जौँ, मकै, सिमी लगायतका खाद्यन्नबाली र तरकारी खेतीमा समेत ठूलो क्षति पुर्याएको छ । असिनापानीसँगै आएको बाढीका कारण भगवतीको जैसिखोर क्षेत्रमा केही घरहरुमा समेत क्षति पु¥याएको छ । अहिले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको टोलीले भगवती क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनमा जुट्नुभएको छ ।

त्यसैगरी मालिका गाउँपालिकाको बिम लगायतका क्षेत्रमा समेत असिनापानीले गहुँ, जौ र सुन्तला खेतीमा क्षति पु¥याएको वडा अध्यक्ष रेशम जुग्जाली (सुविन)ले जानकारी दिनुभयो । असिना पानीका कारण रघुगङ्गा गाउँपालिकाका चारवटा वडाका ग्रामीण सडकसमेत अस्तव्यस्त भएका छन् । सोमबार राति हावाहुरीसँगै आएको असिनापानीले वडा नं २ स्थित भगवतीमा केही घर भत्किएको र बाटोसमेत अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

“एकफिटसम्म असिना परेको छ, क्षतिको विवरण सङ्कलन गरी उचित राहतको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो । उहाँका अनुसार करिब ३० घरधुरीभित्र अन्नबाली प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको छ भने ४ घर बस्न नमिल्ने गरी असर गरेको छ । रातभर लगातार परेको असिनापानीले वडा नं ३ दग्नाममा समेत ठूलो क्षति भएको वडाध्यक्ष रुक बहादुर गर्बुजाले बताउनुभयो । उहाँका अनुसार दग्नाममा गहुँ र जौबाली, आलु र अन्य तरकारी खेती कामै नलाग्ने गरी नष्ट भएको छ । “असिनाले बाली उठाउनै नमिल्ने गरी खेतबारीमै सखाप पारेको छ, हेर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।