१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक



अ+ अ-

काठमाडौं। यस पटकको भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ।

बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यस गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।

अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको यस गीतले गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपनलाई झल्काउँछ। यसअघि सार्वजनिक टिजरले प्रकाश र परीक्षाबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई प्रस्तुत गरेको थियो।

‘सोल्टिनी’का चार फरक–फरक पोस्टरमार्फत चलचित्रले प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित कथावस्तु रहेको सन्देश दिएको थियो भने, टिजरले ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई अझ प्रस्ट्याएको थियो।

चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ। विशेष आकर्षणका रूपमा कार्यकारी निर्माता ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’को संलग्नता रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।

इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको चलचित्रमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको दाबी निर्देशक सुवेदीले गरेका छन्। दुई प्रमुख पात्रबीचको प्रेमकथा नै यस चलचित्रको मुख्य आकर्षण हुने बताइएको छ।

‘सोल्टिनी’को छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ। चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले तयार गरेका हुन्। चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिकसँगै अब ‘सोल्टिनी’को प्रचारप्रसारलाई अझ गति दिने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।




भर्खरै