२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिनगर नाकाबाट नौ हजारभन्दा बढी व्यक्ति स्वदेश भित्रिए



अ+ अ-

कैलाली। कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका छन् । रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत गएकाहरु दसैँको अवसरमा फर्किएका त्रिनगर नाकामा स्थापना गरिएको हेल्पडेस्कको तथ्याङ्क छ ।

त्रिनगर नाका भएर यही असोज १ गते ५०५ जना स्वदेश भित्रिएका थिए भने २०९ जना भारत गएका छन् । असोज २ गते ७२६ आएका छन् भने ११३ जना भारततर्फ लागेका छन् । साथै असोज ३ गते ८८६ जना आउँदा १३६ जना भारत गएका छन् भने असोज ४ गते ३२७ जना स्वदेश फर्किदा ११० जना भारत पसेका छन् ।

असोज ५ गते ७७० जना स्वदेश फर्केकोमा सो दिन ९५ जना विदेशिएका छन् । यसैगरी असोज ६ गते ४८१ जना, ७ गते २४५ जना र असोज ८ गते ९५६ जना विदेशिएकोमा क्रमशः ५२ जना, १२१ जना र ४८ जना कामको खोजीमा भारत गएको तथ्याङ्क छ । रासस