३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८ सम्पन्न



अ+ अ-

काठमाडौं ।  नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित ‘दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८’ सम्पन्न भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित लार्चादेखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७।५ किलोमिटर क्षेत्रमा उक्त पदयात्रा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल एकीकरण तथा नेपाल–तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्गमा भएको उक्त पदयात्रा पूर्वी कमान्डका सेनापति उपरथी सन्तोषकुमार ढकालको प्रमुख आतिथ्यमा भएको हो ।

पदयात्रामा सेनाको २६ वाहिनीपति, भोटेकोसी गाउँपालिकाका प्रमुख, जनप्रतिनिधि, श्री गोरख बक्स गणका अधिकृत, पदिक तथा अन्य दर्जा, स्थानीय आमा समूह, स्थानीय क्लबका सदस्य तथा अन्य सुरक्षा निकायका फौजको सहभागिता थियो ।

पदयात्रा टोलीलाई स्थानीय क्लब, झिर्पु प्राथमिक विद्यालय र आमा समूहले विभिन्न स्थानमा स्वागतका साथै दुगुनागढीमा स्थानीय शेर्पा समुदायले पनि शेर्पा रीतिरिवाजअनुसार स्वागत अभिवादन गरेको सेनाले जानकारी दिएको छ ।

सो अवसरमा उपरथी ढकालले दुगुनागढीस्थित नेपाली सेनाको कमान्ड पोष्टमा राष्ट्रिय झण्डा झन्डोत्तोलनसमेत गर्नुभएको थियो । सेनाको पहलमा नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग÷बाटो तथा कोटको पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा गरिँदै आएको छ । रासस


 




भर्खरै