२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुराको घरमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार छापा मारेको छ ।

देउवाका साला भूषण राणा र उनका बुवाआमा बस्ने ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित छुट्टाछुट्टै दुई घरमा प्रहरीको टोलीले छापा मारेको हो । भूषण निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् ।

प्रहरी स्रोतका अनुसार शंकास्पद नगद वा अन्य कागजात रहेको सूचनाका आधारमा छापा मारिएको हो । तर, खनतलासीका क्रममा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको सीआईबी अधिकारीहरूले जनाएका छन् ।

छापा मार्ने क्रममा भूषण घरमा थिएनन् भने उनका बुवाआमा भने घरमै थिए । प्रहरीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का उठाएको थियो ।

सीआईबीका एक अधिकारीले भने, “भूषण राणा घरमा हुनुहुँदैन थियो । उहाँका बुवाआमाको घरमा पनि केही भेटिएन ।”