१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोग रोक्ने अमेरिकी निर्णय दुःखद : विश्व स्वास्थ्य संगठन



अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य संगठन,डब्लुएचओले उसलाई अमेरिकाले दिँदै आएको सहयोग रोक्ने निर्णय गरेकोमा दुख व्यक्त गरेको छ । आफूलाई दिइदैं आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति निर्णय दुखद भएको सो संगठनले जनाएको हो । यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भए पनि अमेरिकाले यस्तो निर्णय गरेको भन्दै उसप्रति दुख व्यक्त गरेको हो । डब्लुएचओसहति आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णयको विश्व नेताहरूले आलोचना गरेका छन्।

विश्वमा हाल कोरोना भाइरस संक्रमित २० लाख नाघिसकेको छ भने अमेरिका विश्वको सबैभन्दा बढी संक्रमण प्रभावित मुलुक हो। अमेरिकी राष्टपति ट्रम्पले डब्लुएचओले महामारीका समयमा गर्नुपर्ने आधारभूत काम तथा व्यवस्थापन नगरेको र चीनको पक्ष लिएको आरोप लगाउँदै सहयोग बन्द गर्ने घोषणा गरेका थिए।

डब्लुएचओका प्रमुख डा ट्रेडोस अडामोन गेब्रेससले आफ्नो सबैभन्दा ठूलो आर्थिक दाता अमेरिकाले उठाएको कदममाथि प्रतिक्रिया दिदैं अमेरिका डब्लुएचओको लामो समयदेखिको उदार मित्र हो र उसले त्यसलाई निरन्तरता दिइराख्ने आशा राखेकोु बताएका छन्।