२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोग रोक्ने अमेरिकी निर्णय दुःखद : विश्व स्वास्थ्य संगठन



अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य संगठन,डब्लुएचओले उसलाई अमेरिकाले दिँदै आएको सहयोग रोक्ने निर्णय गरेकोमा दुख व्यक्त गरेको छ । आफूलाई दिइदैं आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति निर्णय दुखद भएको सो संगठनले जनाएको हो । यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भए पनि अमेरिकाले यस्तो निर्णय गरेको भन्दै उसप्रति दुख व्यक्त गरेको हो । डब्लुएचओसहति आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णयको विश्व नेताहरूले आलोचना गरेका छन्।

विश्वमा हाल कोरोना भाइरस संक्रमित २० लाख नाघिसकेको छ भने अमेरिका विश्वको सबैभन्दा बढी संक्रमण प्रभावित मुलुक हो। अमेरिकी राष्टपति ट्रम्पले डब्लुएचओले महामारीका समयमा गर्नुपर्ने आधारभूत काम तथा व्यवस्थापन नगरेको र चीनको पक्ष लिएको आरोप लगाउँदै सहयोग बन्द गर्ने घोषणा गरेका थिए।

डब्लुएचओका प्रमुख डा ट्रेडोस अडामोन गेब्रेससले आफ्नो सबैभन्दा ठूलो आर्थिक दाता अमेरिकाले उठाएको कदममाथि प्रतिक्रिया दिदैं अमेरिका डब्लुएचओको लामो समयदेखिको उदार मित्र हो र उसले त्यसलाई निरन्तरता दिइराख्ने आशा राखेकोु बताएका छन्।