९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिल शर्मालाई धम्की दिने व्यक्ति पक्राउ



अ+ अ-

एजेन्सी । हालै भारतीय कमेडियन कपिल शर्मालाई इमेलमार्फत ज्यान मार्ने धम्की दिइएको र १ करोड रुपैयाँ फिरौती मागिएको थियो ।

मुम्बई अपराध शाखाले धम्की दिने व्यक्तिलाई पश्चिम बङ्गालको २४ परगना बाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको पहिचान दिलीप चौधरीका रूपमा भएको छ ।

प्रहरीका अनुसार दिलीप चौधरीले आफूलाई ग्याङस्टर गोल्डी बरार र रोहित गोदारा ग्याङको सदस्य बताउँदै कपिल शर्मालाई इमेलमार्फत १ करोड रुपैयाँ फिरौती मागेका थिए ।

प्रहरीले उनलाई एस्प्लेनेड अदालतमा पेश गरेको थियो, जहाँबाट उनलाई सेप्टेम्बर ३० सम्मका लागि प्रहरी हिरासतमा पठाइएको छ । मुम्बई प्रहरीले अहिले आरोपीसँग सोधपुछ गरिरहेको छ ।

साथै, आरोपीको गोल्डी बरार र रोहित गोदारा ग्याङसँग साँच्चिकै कुनै सम्बन्ध छ कि छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।