२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङले दिए दल दर्ताका लागि आयोगमा निवेदन



अ+ अ-

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

स्रोतका अनुसार ‘श्रम संस्कृति पार्टी’ नाम राखी असोज ७ गते आयोगमा निवेदन दर्ता गरिएको छ । दर्ता प्रस्तावमा साम्पाङ आफैं अध्यक्ष रहने उल्लेख गरिएको छ ।

निर्वाचन आयोगका अनुसार दर्ताका लागि आएका निवेदनमाथि प्रारम्भिक अध्ययन भइरहेको छ । दल दर्ता सम्बन्धी ऐन तथा नियमावलीअनुसार आवश्यक प्रमाण नपुगेको वा विवरण सच्याउनुपर्ने भए निवेदन दिने पक्षलाई पत्राचार गर्ने व्यवस्था छ ।

प्रक्रिया पूरा भएको निवेदन भने आयोगले ४५ दिनभित्र दर्ता गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।