काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।
स्रोतका अनुसार ‘श्रम संस्कृति पार्टी’ नाम राखी असोज ७ गते आयोगमा निवेदन दर्ता गरिएको छ । दर्ता प्रस्तावमा साम्पाङ आफैं अध्यक्ष रहने उल्लेख गरिएको छ ।
निर्वाचन आयोगका अनुसार दर्ताका लागि आएका निवेदनमाथि प्रारम्भिक अध्ययन भइरहेको छ । दल दर्ता सम्बन्धी ऐन तथा नियमावलीअनुसार आवश्यक प्रमाण नपुगेको वा विवरण सच्याउनुपर्ने भए निवेदन दिने पक्षलाई पत्राचार गर्ने व्यवस्था छ ।
प्रक्रिया पूरा भएको निवेदन भने आयोगले ४५ दिनभित्र दर्ता गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।










