काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बसिरहेको छ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा केहीबेरअघि सुरु भएको हो ।
बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल भइरहेको छ । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।
बैठकमा पछिल्लो घटनाक्रमपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने बताइएको छ । जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बसेको हो ।











