१४ असार २०८३, आईतवार
,
Latest
अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता विजयको र्यालीमा भागदौड मच्चिँदा ३९ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । शनिबार दक्षिण भारतीय सुपरस्टार विजयको र्‍यालीमा भागदौड मच्चिँदा करिब ३९ जनाको मृत्यु भएको छ ।

तमिलनाडुको करूरमा भएको विजयको र्‍यालीमा भीड बढ्दा भागदौड च्चिएको थियो, जसमा ३९ जनाले ज्यान गुमाए ।

तमिलनाडु प्रहरीले दिएको जानकारीअनुसार विजयको र्‍यालीका लागि १० हजार जनाको अनुमति दिइएको थियो । तर, १ लाख २० हजार वर्गफुट क्षेत्रफलमा ५० हजारभन्दा बढी मानिस जम्मा भएका थिए । यसैबीच अभिनेता विजय ६ घण्टा ढिलो पुगेका थिए ।

र्‍यालीकै बीचमा उनलाई ९ वर्षकी बालिका हराएको जानकारी दिइयो । त्यसपछि उनले मञ्चबाट बालिकालाई खोज्न आग्रह गरेपछि भागदौडको अवस्था बनेको थियो । घटनापछि विजय करूरबाट सीधा त्रिची विमानस्थल पुगे र त्यहाँबाट चेन्नई प्रस्थान गरे ।

धेरैको मृत्युको समाचार बाहिरिएपछि विजयले एक्समा लेखे, ‘मेरो मन टुटेको छ । म निकै पीडा र दुःख महसुस गरिरहेको छु। करूरमा ज्यान गुमाउनेका परिवारप्रति संवेदना व्यक्त गर्दछु र घाइतेहरूको चाँडो स्वास्थ्यलाभको प्रार्थना गर्दछु ।’

तमिलनाडुको करूरमा भएको यस ठूलो घटनापछि दक्षिण भारतीय अभिनेता कमल हासनले पनि भावुक हुँदै शोक व्यक्त गरेका छन् ।

कमल हासनले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेका छन्, ‘मेरो मन काँपिएको छ। करूरबाट आएको समाचार झक्झोरिदिने खालको र दुखद छ। भीडमा परेर ज्यान गुमाउने निर्दोषप्रति संवेदना व्यक्त गर्न मेरा शब्द पर्याप्त छैनन् ।’

थलाइवा रजनीकान्तले पनि शोक व्यक्त गर्दै लेखेका छन्, ‘करूरमा भएको घटनामा निर्दोषहरूले ज्यान गुमाएको समाचारले मनलाई झक्झोरिदिएको छ र गहिरो पीडा दिएको छ। ज्यान गुमाउनेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले राति नै उच्चस्तरीय बैठक बोलाए र राति नै करूर पुगे । उनले अस्पतालमा गएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र घाइतेहरूसँग भेट गरे । उता, गृह मन्त्रालयले राज्य सरकारसँग घटनाको प्रतिवेदन मागेको छ । तर घटना पछि विजय भने घाइतेलाई भेट्न पुगेनन् । उनी चार्टर्ड फ्लाइटमार्फत सीधा चेन्नई फर्किएका थिए ।