२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाह्री कर



अ+ अ-

एकान्त्वासमा रहंदा धेरैले दाह्री पालेको फोटो सार्वजनिक गरेका छन् । मैले दाह्री नकाटेको पनि आज ठ्याक्कै एक महिना भएछ । घरबाट बाहिर निस्कनु नपर्ने दिनमा म संधै द्विविधामा हुन्छु-दाह्री काटौं कि नकाटौं भनेर । सामान्य अवस्थामा सप्ताहन्तमा म दार्ही काट्ने गर्दिन । अहिले त हरेक दिन सप्ताहन्त भएकोले दाह्री काटी राख्नु जरुरत भएन ।

रुसी सम्राट पिटर महानको पालामा भएको भए यसरी दार्ही नकाटे बापत निक्कै रकम ‘दार्ही कर’ दाखिला गर्नु पर्ने हुन्थ्यो । पिटर महानले रसियनहरु पनि पश्चिमी युरोपियनहरु झैं संस्कारयुक्तदेखिउन भन्ने उद्देश्यले सन १६९८ मा रुसमा ‘दार्ही कर’ लगाउन सुरु गरेका थिए । सामाजिक स्तर अनुसार यो करको दायर निर्धारण गरिन्थ्यो । साहु महाजन र कुलीन बर्गका मानिसहरुबाट बढी कर असुलिन्थ्यो । साहु-महाजनका लागि १०० रुबल, दरबारियाका लागि ६० रुबल र सरकारी कर्मचारी र मस्कोबासीहरुले ३० रुबल तिर्नु पर्ने हुन्थ्यो। किसान र पादरीहरुलाई भने दाह्री कर मिनाहा गरिएको थियो । किसानहरु शहर आउनु पर्दा प्रत्येक पटक थोरै दस्तुर तिर्नु पर्थ्यो– २ कपेक (पैसा) ।

समयक्रममा उनले बसालेको करको रकम परिमार्जित हुँदै गयो । केहि समय सबैले समान रुपमा ५० रुबल दाह्री कर तिर्नु पर्ने नियम बसाले पनि त्यो धेरै समय टिकेन । त्यो बेलाको सहकालमा यो कर बापत लगाईएको शुल्क चर्कै हो भन्नु पर्छ । इतिहासकारहरुले उल्लेख गरेका छन्( दार्ही कर बापत उठेको रकमले राज्यको खजानामा निक्कै ठुलो धनराशी जम्मा हुने गर्थ्यो ! दाह्रीकर तिरेका मानिसहरुलाई कर चुक्ता प्रमाण पत्र स्वरूप एक प्रकारको सिल्भर टोकन वा ढक दिने गरिन्थ्यो, एक बर्षसम्म मान्य हुनेगरी । टोकनमा लेखिएको हुन्थ्यो- रकम असुल गरिएको छ। दाह्री पाल्नेहरुले त्यो ढक लिएर हिड्नु पर्थ्यो ।

बेलाबेलामा कडा हुने र खुकुले पार्ने गरे पनि यो कर प्रणाली रुसमा लामै समय कायम रह्यो । सम्राट अलेकेंजेंडर द्वितीय, जो आफैं पनि लामो दार्ही पाल्न मन पराउथें, को पालामा मात्रै यो कर प्रणाली ख़ारेज गरिएको थियो ।

जिवा लामिछानेको फेसबुकबाट