१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोको पेटमा खाध्यन्न सहयोगको मल्हम



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २६ को समन्वयमा कोभिड–१९को लकडाउनका कारणले छाकटार्न कठिन भएका करिब ५०० परिवारलाई खाध्यान्नहरू बितरण गरिएको छ ।

आत्मज्ञान प्रचार संघ र प्रेमरावत फाउण्डेसन नेपालको सहकार्यमा बिपन्न परिबारलाई १० केजी चामaल, १ केजी दाल, १ केजी नून, १ लिटर तेल ,२ केजी चिनी १ वटा हात धूनें साबुन सहितको राहत सामग्रीहरू बितरण गरिएको हो ।

आत्माज्ञान प्रचार संघका अध्यक्ष डा. लक्ष्मी जोशी श्रेष्ठ, महासचिव सबिना राजभण्डारी मल्ल, वडा नं. २६ अध्यक्ष खेमराज तिवारी र सदस्यहरू, गोंगबु बृत्तका प्रहरी निरीक्षक सन्तोष कुमार दाहाल , गोंगबू आवास समितिको सदस्य प्रकाश कुमार श्रेष्ठको पहलमा ती सामग्रीहरु बितरण गरिएको हो ।

गोंगबू स्थित आत्माज्ञान प्रचार संघ परिसरमा मानवीय दुरी कायम गरि ५०० परिवारलाई सहयोग बितरण गरिएको र आगामी दिनमा पनि अबस्था हेरी सहयोग कार्यलाई निरन्तरता दिईने अभियानमा सहभागी प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।