काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २६ को समन्वयमा कोभिड–१९को लकडाउनका कारणले छाकटार्न कठिन भएका करिब ५०० परिवारलाई खाध्यान्नहरू बितरण गरिएको छ ।
आत्मज्ञान प्रचार संघ र प्रेमरावत फाउण्डेसन नेपालको सहकार्यमा बिपन्न परिबारलाई १० केजी चामaल, १ केजी दाल, १ केजी नून, १ लिटर तेल ,२ केजी चिनी १ वटा हात धूनें साबुन सहितको राहत सामग्रीहरू बितरण गरिएको हो ।
आत्माज्ञान प्रचार संघका अध्यक्ष डा. लक्ष्मी जोशी श्रेष्ठ, महासचिव सबिना राजभण्डारी मल्ल, वडा नं. २६ अध्यक्ष खेमराज तिवारी र सदस्यहरू, गोंगबु बृत्तका प्रहरी निरीक्षक सन्तोष कुमार दाहाल , गोंगबू आवास समितिको सदस्य प्रकाश कुमार श्रेष्ठको पहलमा ती सामग्रीहरु बितरण गरिएको हो ।
गोंगबू स्थित आत्माज्ञान प्रचार संघ परिसरमा मानवीय दुरी कायम गरि ५०० परिवारलाई सहयोग बितरण गरिएको र आगामी दिनमा पनि अबस्था हेरी सहयोग कार्यलाई निरन्तरता दिईने अभियानमा सहभागी प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।