काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण सुक्रबार विहानसम्म मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५२१ पुगेको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ६१७ जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको मृत्यु भएको छ ।
अहिले विश्वभर १४ लाख ८९ हजार ३८१ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ५८८ को अवस्था गम्भीर रहेकोे छ । चीनमा अहिले पछिल्लो समय २६ जनामा नयाँ संक्रमण देखिएको छ ।