९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ



अ+ अ-

सिरहा। लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा असोज ९ गते साँझ करिब ५ः०० बजे मिर्चैया नगरपालिका–५ मा सार्वजनिक सवारीसाधन प्रयोग गरी यात्रा गरिरहेका एक यात्रु शङ्कास्पद लागेपछि जाँच गरिएको थियो ।

जाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब ४० वर्षीय दुर्गेशकुमार झाको साथबाट ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार झाको साथमा निलो झोलामा राखिएको दुईवटा स्टिलको बट्टाभित्र प्लास्टिकमा प्याक गरिएको उक्त पदार्थ भेटिएको हो ।

बरामद पदार्थको तौल प्लास्टिक र बटासहित एक सय ४८ ग्राम पाँच सय ६० मिलीग्राम रहेको प्रहरीले जनाएको छ । झालाई हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । रासस