२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई निकास दिन दलहरुले बढी भूमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो आवश्यकता औल्याउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा यस्तो अवस्थामा सधैँ रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

उहाँले मुलुकलाई निकास दिन राजनीतिक दलहरुलाई सुझाव दिन पनि समाजका सबै तहलाई आग्रह गर्नुभयो । राजनीतिक दलहरुले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाई गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो ।

उहाँले भन्नुभयो, सधै यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नु पर्छ । र हाम्रो शक्तिका स्रोत भनेको जनता हुन् । मेरो राजनीतिक दलहरुलाई के सुझाव छ भने–उहाँहरुले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गर्नु भएको छ कि छैन ? के सुझाव दिन्छन् जनसमुदायले ? त्यसका लागि जनताको बीचमा जानुपर्छ जस्तो लाग्छ मलाई । र, पार्टीहरुको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ  । पार्टीहरु र विभिन्न सबै आस्थाका धरोहरको बीचमा छलफल, समन्वय भएर नै हामीले यो समस्यालाई समाधान दिन सक्छौं । र, हामी जस्तो खालको बसाईमा छौं । हाम्रो बसाई, हाम्रो यहाँको अस्थिरताले मित्रराष्ट्रलाई पनि पीर पर्न सक्छ । त्यहाँ पनि समस्याहरु आउन सक्छ । त्यसैले हामीले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

र, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । हामी सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौं । मैले पनि एउटा वरिष्ठ नागरिकको हैसियतले, सबैले चिनेको नागरिकको हैसियतले मैले गर्ने कुरा गर्छु । दलहरुले बढी भूमिका खेल्नुपर्ने म ठान्छु ।

दलहरुलाई सबैले सुझाव पनि दिनुपर्छ । तर अव दलका नेताहरुले पनि बाहिर चाँही धेरै बोल्ने, आफ्नो पार्टी भित्र केही पनि गर्न नसक्ने यो तरिकाको चाहीँ मेरो आज सार्वजनिक रुपमा नै आलोचना छ ।

त्यसैले तपाईहरुले सबैको कुरा सुन्नुपर्छ । र  त्यो कुराहरुको आधारमा हामीले हाम्रो पार्टीको मर्म र भावना अनुसार काम गर्न सकेको छ कि छैन ? यो कुरा बुझ्नुपर्छ । र, नयाँ पुस्ता कसरी आईराखेका छन ? नयाँ पुस्ताको मनोभावना के छ ? उनीहरुको माग के छन ? त्यसलाई राज्यले कसरी सम्बोधन गर्न सक्छ ? त्यस कुरामा हामी जानुपर्छ भन्ने मलाई लाग्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भुमिका निर्वाह गर्नुपर्ने समेत बताउनु भयो ।