२१ मंसिर २०८२, आईतवार
,
Latest
मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु होः मन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी



अ+ अ-

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण प्रथम भएका छन् ।

प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण द्वितीय घोषित भए । सेनाका १४ वटा टिम सहभागी उक्त प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश थियो ।

विजयी टिम र खेलाडीलाई प्रधानसेनापति अशोकराज सिग्देलसहित पूर्वप्रधानसेनापति, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव, बलाध्यक्ष रथी, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पनि पुरस्कृत गरियो ।

प्रतियोगिता समापनका अवसरमा आज आयोजित फुटबल प्रतियोगितामा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोलले पराजित ग(यो ।

प्रतियोगिताअन्तर्गत बास्केट बल हेटौँडा, बक्सिङ पोखरामा भएको थियो भने बाँकी खेल काठमाडाँैमा भएका थिए ।

प्रतियोगिता समापनका अवसरमा नेपाली सेनाका बलाध्यक्षरथी प्रदीपजङ्ग केसीले सैनिक जीवनमा महत्त्वपूर्ण अङ्गका रुपमा रहेको खेलकुदले शारीरिक र मानसिक पक्षको विकास गरी स्वास्थ्य, अनुशासित, साहसिक र सक्षम नागरिक उत्पादन गर्न प्रेरणा प्रदान गर्ने बताउनुभयो ।