१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता उपायबारे थाहा पाउनुहोस् जसले तपाईंको यौन शक्तिलाई बढाउँछ



अ+ अ-

एजेन्सी । गाँस, बास र कपासजस्तै यौनेच्छा पनि मानिसको आधारभूत आवश्यकता हो । तर नेपाली समाजमा अझै पनि यौनसम्बन्धी विषयमा खुलेर कुरा गर्न संकोच गर्ने प्रवृत्ति देखिन्छ । चिकित्सकहरूका अनुसार गलत खानपान, अस्वस्थ जीवनशैली र अत्यधिक तनावका कारण पछिल्ला वर्षहरूमा पुरुषहरूमा यौनसम्बन्धी समस्या तीव्र रूपमा बढिरहेको छ ।

पुरुषमा यौन इच्छा कमी हुनु, लिङ्ग उत्तेजना नहुने, शीघ्र स्खलनजस्ता समस्या मुख्य रूपमा देखिने गरेका छन् । यस्ता समस्यालाई कम गर्न र यौनशक्ति वृद्धि गर्न निम्न १० उपाय उपयोगी मानिन्छन् :

१) व्यायाम
केगल्स एक्सरसाइजले यौनाङ्ग र नितम्ब वरिपरि रहेका मांसपेशीलाई बलियो बनाउँछ । यससँगै नियमित व्यायामले शरीरलाई तन्दुरुस्त राख्छ ।

२) ध्यान र योगाभ्यास
एनजाइटी र डिप्रेसनजस्ता मानसिक समस्याले पनि यौनक्षमता घटाउँछ । ध्यान र योगाभ्यासले मानसिक स्वास्थ्य सुधार गरी यौनजीवनलाई सुदृढ बनाउँछ ।

३) टेस्टेस्टेरोन बढाउने खानेकुरा
अण्डा, माछा मासु र ड्राइ फ्रुट्सजस्ता खानेकुराले शरीरमा टेस्टेस्टेरोनको स्तर बढाई यौन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

४) आयुर्वेदिक औषधि र सप्लिमेन्ट
अश्वगन्धा, गोक्षुर बीज, शीलाजीत, मुसली, अमला, यार्सागुम्बाजस्ता आयुर्वेदिक औषधिहरू चिकित्सकको सल्लाहमा सेवन गर्न सकिन्छ । ओमेगा क्याप्सुल, भिटामिन ई र कड लिभर आयलजस्ता सप्लिमेन्ट पनि लाभदायी हुन्छन् ।

५) धूम्रपान र मद्यपान त्याग
जाँडरक्सी र चुरोटको अत्यधिक सेवनले यौन स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यी दुर्व्यसन त्याग्नु जरुरी छ ।

६) पाचन प्रणाली सुधार
कब्जियत, अपच वा अरुचीले शारीरिक दुर्बलता ल्याई यौन क्षमता घटाउँछ । त्यसैले अत्यधिक चिल्लो, मैदा र जंक फुड कम गर्नुपर्छ ।

७) यौन क्रियाकलापमा अनुशासन
वैदिक मूल्य मान्यतालाई आत्मसात गर्दै अनुशासित यौन व्यवहारले उत्तम सन्तान प्राप्तिमा सहयोग पुर्‍याउने चिकित्सकहरूको भनाइ छ ।