९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको रणनीति : नेतृत्वबाट हट्ने कि विरोधीलाई किनारा लगाउने ?



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र नेतृत्वको बहस चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । योसँगै माओवादीभित्रको राजनीति कता बढ्छ भन्ने स्पष्ट भएको छैन ।

काठमाडौं जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मंसिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । उनको प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले अध्यक्ष दाहालको प्रस्तावमा असहमति जनाएका छन् ।

विभिन्न १० वटा समूह बनाएर छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा अध्यक्ष दाहालले सबै कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेतृत्व हस्तान्तरण गरी आफूलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् ।

तर उपमहासचिव शर्माले वर्तमान पदाधिकारी फेरि नआउने गरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् । उनले अहिले पदाधिकारी तहमा रहेका कोही पनि व्यक्ति फेरी नेतृत्वमा नआउने गरी पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । जुन प्रुस्तावहरुमाथि केन्द्रीय समिति बैठक समूहगत छलफल भइरहेको छ ।

दाहालले भने आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने, पार्टी कमिटीमा जेनजी र युवा पुस्ताको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याउने बताएका छन् ।

दाहाले तत्काल नेतृत्व छाड्ने पक्षमा छैनन् । मंसिरमा महाधिवेशन गर्ने र त्यसबेलासम्म आफू संयोजक रहेर पार्टी चलाउने उनले सुनाइसकेका छन् । तर अरु सबै नेतालाई सदस्यको हैसियतमा पुर्‍याउँदै आफूलाई थप मजबुद बनाउने उनको रणनीति छ ।

महाधिवेशनमा पनि उनले आफूले नेतृत्व छाड्ने भनेर स्पष्ट पारेका छैनन् । बरु आफ्ना आलोचकहरुलाई सिध्याएर महाधिवेशनबाटै फेरि नेतृत्वमा पुग्ने उनको रणनीति देखिएको छ ।

दाहाललले आफू निकट नेताहरुसँग पनि आगामी नेतृत्वका विषयमा छलफल गरिसकेका छन् । नेताहरुले दाहालको विकल्प नभएको भन्दै नेतृत्व नछाड्न सुझाव दिएका छन् । बरु वामपन्थी दलहरुसँग एकताको हौवा फिँजाएर उनले नेतृत्वमा बसिरहन खोजेको देखिन्छ ।

माओवादी केन्द्रले विशेष गरी समाजवादी मोर्चामा रहेका दलहरुसँग एकताको प्रयास गरिरहेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वका नेकपासँग एकता गर्न दाहालले पटकपटक वार्ता गरिसकेका छन् ।

अहिलेको जटिल राजनीतिक परिस्थितिमा पार्टी एकता गराउन सके आफू फेरि नेतृत्वमा बस्न पाउने चाहना दाहालको छ । त्यही अनुसार उनले नेताहरुलाई पनि आफ्नो पक्षमा लविइङ सुरु गराएका छन् । त्यति मात्र होइन, तल्लो तहका कार्यकर्ता तहबाट पनि उनले आफ्नो पक्षमा माहोल सिर्जना गराइरहेका छन् ।

पछिल्लो समय अध्यक्ष दाहालले जेन–जीका माग आफूहरुले नै उठाउँदै आएको भन्दै त्यसको समेत जस लिन खोजिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण देशमा अहिलेको परिस्थिति सिर्जना भएको दोष लगाउँदै उनले आफू पानीमाथिको ओभानो बन्न खोजेका छन् । तर जेन–जीले राजनीतिक दलका शीर्ष नेताहरु बाहिरिनुपर्ने अन्यथा बढारिनुपर्ने चेतावनी दिँदै आएका छन् ।

नेपाली राजनीतिका चतुर खेलाडी दाहाल अब आफ्नो रणनीतिमा कसरी अघि बढ्छन् र उनले आफ्ना विरोधीहरुलाई कसरी तह लगाउँछन् त्यो भने आगामी मंसिरमा हुने महाधिवेशनसम्म कुर्नैपर्ने छ ।




भर्खरै