२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ
अ अ+ अ-

काभ्रेपलाञ्चोक। ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएका हातहतियारसहित उनीहरुको साथबाट हतियार र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ स्थित लायकु बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल र ३६ राउण्ड गोली बरामद गरिएको छ ।

त्यसैगरी हातहतियारको ७३० राउण्ड गोलीसहित सोही वडाकै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक पक्राउ परेका छन् ।

गोलीसहित पक्राउपर्नेमा काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, धुलिखेल नपा–१ का रमेश तामाङलाई पनि पक्राउ गरेको जनाएको छ । उहाँले इलाका प्रहरी कार्यालय बनेपाबाट लुटपाट गरी हतियार लगेर प्रदर्शन गर्दै टिकटकसमेत बनाएको आरोप छ ।

लुटिएको हतियार तथा गोलीसहित पक्राउबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । यसैगरी यस अवधिमा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको जनाएको छ । रासस