२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको सम्बोधन साँझ ६ बजे हुने कार्यतालिका तय भएको सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । नियुक्तिपछि पहिलोपटक राष्ट्रलाई सम्बोधन गर्न लागेकी उहाँले आगामी निर्वाचनलगायत समसामयिक विषयमा सरकारको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा आम निर्वाचन गर्ने घोषणा गरिसकेको छ । यसबीचको राजनीतिक अवस्थाबारे स्पष्ट धारणा राख्ने सम्भावना सम्बोधनमा रहेको बताइएको छ ।