काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त हुनु भएको छ । मन्त्रिपरिषदको सिफारिस अनुसार शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनको राजदूतको रूपमा नियुक्त गर्नुभएको हो ।

चीनका लागि नब नियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे
‘राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा महेन्द्रबहादुर पाण्डेलाई गणतन्त्र चीनका लागि नेपालको आवसीय राजदूतमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।











