४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने छ ।

बैठकमा जेन–जी विद्रोहपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा पनि छलफल हुने छ ।

यसैगरी भोलि बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि बैठकले तय गर्ने बताइएको छ ।

यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका थिए ।