३१ श्रावण २०८३, आईतवार
,
Latest
‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. संगीतालाई मन्त्री बन्न रोक्न खोज्ने को ? अख्तियार स्रोत भन्छ– छानबिन नै भएको छैन



अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएर मन्त्रीमा सिफारिस भएकी डाक्टर संगीता कौशल मिश्राले अन्तिम समयमा आएर पद तथा गोपनियताको सपथ गर्न पाइनन् । मिश्राविरुद्ध अख्तियारमा उजुरी परेको र अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै मन्त्रीको सपथ गराइएको थिएन ।

उनलाई मन्त्री बन्नबाट रोक्न निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल नै लागेको स्रोतले दाबी गरेको छ । पौडेलले मन्त्रालयभित्र गरेका अनियमितता छानबिन हुने डरले मिश्रालाई मन्त्री बन्नबाट रोक्न अनेक प्रचार गरेको आरोप लागेको छ ।

पौडेल स्वास्थ्य मन्त्री हुँदा मिश्रा सचिवको दाबेदार थिइन् । तर उनले मिश्रालाई सचिव नबनाइ विकास देवकोटालाई बनाएका थिए । त्यसपछि उनी धेरै समय मन्त्रालय नगइ बिदामा बसेकी थिइन् ।

तर सुशीला कार्की नेतृत्वको सरकारमा मिश्रालाई मन्त्री बन्न प्रस्ताव आएको थियो । लगत्तै उनले मन्त्रालयमा पुगेर अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । तर उनी भ्रष्टाचारमा मुछिएको हल्ला फैलाइएपछि प्रधानमन्त्री कार्कीले नै नियुक्त गर्न रोकेकी थिइन् ।

निवर्तमान स्वास्थ्यमन्त्री पौडेलको सिफारिसमा केपी ओली नेतृत्वको सरकारले डा. विकास देवकोटालाई स्वास्थ्य सचिव बनाएपछि मन्त्रालयबाट बिदा लिएर उनी कानुनी लडाइँका लागि सर्वोच्च अदालत गएकी थिइन् । उनको मुद्धा अझै टुंगिएको छैन ।

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपसहितको उजुरी अख्तियारमा पुगेको बताइएको छ । तर अख्तियारले यो उजुरीमाथि छानबिन नै अघि बढाएको छैन ।

अख्तियार स्रोतले भन्यो– ‘डा. मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमितताको मुद्दा दर्ता हुने वा अनुसन्धान अन्तिम चरणमा पुगेको भन्ने समाचार निराधार हो ।’

अख्तियारले आधिकारिक रुपमा कहीँ पनि डा. मिश्राका विषयमा बोलेको छैन । कहाँबाट यस्तो हल्ला चलाइएको हो भन्नेमा समेत अख्तियार अनविज्ञ छ ।

मिश्रासम्बन्धी केही सञ्चारमाध्यममा आएका विषयहरू सत्य नभई अरु नै स्वार्थी समूहको चासोका कारण भएको देखिएको छ । अख्तियारमा उजुरी पर्दैमा पनि कोही मानिसलाई नियुक्त गर्न अयोग्य हुँदैन । भ्रष्टाचारको मुद्दा दायर भएको भए मात्र उसलाई नियुक्त गर्न अप्ठ्यारो पर्ने हो । ‘डा. मिश्राविरुद्ध त झन् अनुसन्धान नै सुरु भएको छ,’ अख्तियार स्रोतले भन्यो ।

कोही व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको विवरण अख्तियारले गोप्य राख्छ । अनुसन्धानको निष्कर्ष र अभियोजनको क्रममा मात्रै तथ्य सार्वजनिक हुन्छ । तर मिश्राको हकमा उल्टै मिडिया ट्रायल भयो, जुन सर्वथा गलत हो ।

विशेष गरी अघिल्लो सरकारले बरियताक्रम उल्लंघन गरी देवकोटालाई सचिव बनाएकोमा त्यतिबेला नै ठूलो रकमको कमिसन चलखेल भएको आरोप लागेको थियो ।

यस्तै, तत्कालीन स्वास्थ्य मन्त्री पौडेल र देवकोटाले गरेका अनियमितता ढाकछोप गर्न कांग्रेसका महामन्त्री गगन थापासहितको दबाबमा पनि मिश्रलाई मन्त्री बन्न रोकिएको दाबी स्रोतको छ ।

त्यसो त मिश्रा स्वास्थकर्मीका साथै कुशल व्यवस्थापक पनि हुन् । कोरोना महामारीले देश आक्रान्त भएका बेला कोशी अस्पतालको नेतृत्व गरेर डा. मिश्राले आफूलाई अब्बल सावित गरेकी थिइन् ।

आम नागरिकलाई महामारीबाट जोगाउन उनले गरेको योगदानले देशभर चर्चा पाएको थियो ।

कोशी अस्पतालबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी पाएसँगै उनले नेपालमा पहिलो पटक ह्युमन मिल्क बैंक अर्थात् अमृत कोषको अवधारणा ल्याएकी थिइन् ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै डा. मिश्र हाल स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव भएको थिइन् ।

डा. मिश्राले २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरी करिब एक वर्ष काम गरेकी छन् । त्यसपछि उनी फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न गएकी थिइन् । २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उनी पुन: स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन् ।