९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या अभियोगमा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले गत भदौ २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँ बालुवाटारस्थित एक मासु पसलमा काम गर्ने २५ वर्षीय युवराज क्याप्छाकी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “क्याप्छाकीले गत भदौ २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो सार्वजनिक भएको र सोही भिडियोको आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका क्याप्छाकी विरुद्ध जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । रासस