४ असार २०८३, बिहीबार
,
Latest
देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टरको ठक्करबाट एकको मृत्यु



अ+ अ-

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा आज ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भे १२ प ९४८७ नं को पल्सर मोटरसाइकललाई भे १ त ७७८४ नं को ट्याक्टरले ठक्कर दिँदाँ भेरी आयल, नेपालगञ्जका सञ्चालकसमेत रहनुभएका नेपालगञ्ज –१ निवासी मोटरसाइकल चालक ५५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।

थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।

नेपालगञ्ज –१ का वडाध्यक्ष प्रमोद रिजालले थापा निधनले आफू मर्माहत भएको भन्दै भारतको चेन्नईमा अध्ययनरत मृतकका छोरा फर्किएपछि अन्तिम संस्कार गरिने जानकारी पाएको बताउनुभयो । रासस