१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छुः सञ्चारमन्त्री खरेल

पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छुः सञ्चारमन्त्री खरेल
फाइल फोटो
अ अ+ अ-
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री खरेलले पत्रकारहरूको सुरक्षा व्यवस्थाका विषयमा गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गर्ने बताउनुभयो ।
उहाँले गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सुरेश रजकको निधन भएको घटनाबारे छानबिन वा उचित न्यायका लागि पहल गर्ने बताउनुभयो । रजकसँगै विभिन्न आन्दोलन एवं प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका पत्रकारका विषयमा समेत छानबिन गर्ने उहाँको भनाइ थियो ।
यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका क्यामरापर्शन रजकलाई मरणोपरान्त प्रदान गरेको छ ।  मन्त्री खरेलले यस पुरस्कारले रजकसँगै स्व पत्रकारहरू हेम–सुनिलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
“सम्मानले परिवारलाई धैर्यता र साहस दिन्छ, स्व पत्रकार रजकको न्यायका लागि मन्त्रालय तत्पर हुनेछ । गृहमन्त्रीसँग छलफलमा बसेर कुरा गर्नेछु । प्रधानमन्त्रीसमक्ष पनि यो कुरा पु¥याउने छु”, उहाँले भन्नुभयो,  “पत्रकारको जीवन व्यवस्था परिवर्तन गर्दा होस वा सरकार परिवर्तन, प्राकृतिक वा मानव निर्मित जोखिम कुनै पनि कालखण्डमा जोखिम मालेर काम गरिरहेका हुन्छाँै । गाँस, बास कपासको दुःख हुन्छ तर हामीले देश, राष्ट्र जनताका लागि कलम चलाइरहनुपर्ने, आवाजहरू दिइरहनुपर्छ । आफू मरेको थाहै हुँदैन, आफू अधिकारविहीन, आफू अन्यायमा परेका थाहै हुँदैन ।”
मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी)लाई स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा समेत जोड दिनुभयो । “रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुनु पिएसबी हुनु हो भन्नेमा ढुक्क नहोऔँ । जिम्मेवार, जवाफदेही, स्वतन्त्र र व्यावसायिक पिएसबी बनाउँछौँ भन्नेमा मेरो विश्वास छ”, उहाँले भन्नुभयो ।
सो समारोहमा मन्त्रालयका सचिव राधिका अर्यालले स्व पत्रकार रजकको परिवारको मागअनुसार न्यायका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । स्व पत्रकार रजकको परिवारले उक्त घटनाको दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्नुभएको थियो ।
सार्वजनिक प्रशारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा रूपान्तरणको क्रममा रहेको उल्लेख गर्दै यस सेवालाई सही तवरले परिभाषित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि आवश्यक आधार तयार गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले पिएसबीको मर्मअनुसार पूर्ण  सञ्चालन र बजेटको सुनिश्चितताको माग गर्नुभयो । उहाँले बजेट सुनिश्चित नहुँदा नेपाल टेलिभिजनका पाँच वटै च्यानलको सञ्चालनमा कठिनाइ देखिएकातर्फ ध्यानार्कषण गराउनुभयो ।
नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित रु एक लाख राशिको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई प्रदान गरिँदै आएको छ । पुरस्कार हरेक वर्ष असोज ७ गते विशेष कार्यक्रमबीच प्रदान गरिँदै आएको छ ।
विसं २०६३ असोज ७ गते समाचार सङ्कलनका क्रममा ताप्लेजुङको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासङ्घ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ ।