१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

निर्वाचन तयारीबारे प्रधानमन्त्री र गृहमन्त्रीले गरे निर्वाचन आयोगसँग छलफल

निर्वाचन तयारीबारे प्रधानमन्त्री र गृहमन्त्रीले गरे निर्वाचन आयोगसँग छलफल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गर्नुभएको छ ।

अगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति, सामग्री, स्रोत र मतदाता नामावलीको विषयमा उहाँहरुले आयोगका आयुक्त लगायत कर्मचारीहरुसँग छलफल गर्नुभएको हो ।

निर्वाचनलाई शान्तीपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा सम्पन्न गराउन दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने समझदारी भएको निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो । उहाँकाअनुसार विद्यमान निर्वाचनसम्बन्धी कानूनी व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने सहमति समेत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्तीपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा स्वच्छ निर्वाचन गराउनेगरी  नेपाल सरकारले निर्वाचन आयोगलाई आवश्यक सहयोग गर्ने र निर्वाचन आयोगले सबै निर्वाचन पूर्वतयारीका सबै पक्षमा ध्यान दिएर प्रभावकारी रुपमा कार्य गर्ने भन्ने समझदारी भएको छ । अहिले हामीले प्रारम्भिक छलफल गरेका हौँ । थप चुनौतिका बारेमा पछि छलफल हुनेछ । अहिले जनशक्ति र स्रोतको विषयमा छलफल भयो । निर्वाचनभित्र जोडिएका विषयहरुमा आयोग र सरकारबीच सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । विद्यमान निर्वाचनसम्बन्धी कानून व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने भन्नेकुरामा पनि छलफल भएको छ ।’

अगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन सरकारले सरोकारवालासँग छलफल शुरु गरेको छ ।