३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको छ ।

गत भदौ २३ र २४ गते जेन—जी आन्दोलनको क्रममा जनकपुर भन्सार कार्यालय आगजनी, लुटपाट तथा तोडफोड भएको थियो । जसकारण भन्सार कार्यालयबाट हुने सबै काम ठप्प थिए ।

जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाकाअनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालबाट भन्सार जाँचपास यसअघि नै शुरु भइसकेको छ । असोज ५ गतेबाट मुद्दाका कामहरु समेत शुरु गरिएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार कार्यालय सञ्चालनमा आई सकेको सूचना अधिकारी अवाले जानकारी दिनुभयो ।

जेन–जी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति अवाले बताउनु भयो । जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको थियो । गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएको छ ।