१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

लकडाउन: शारीरिक सक्रियता बढाउन सुझाव

लकडाउन: शारीरिक सक्रियता बढाउन सुझाव
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । लामो समय घरमा बसिरहँदा शरीरमा आलस्य र अरू स्वास्थ्य समस्या आउन सक्ने भएकाले शरीरलाई चलायमान गर्नुपर्ने हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेको सुझाव छ । उनले भने, “बाहिर जान सम्भव नभए पनि केही समय निकालेर शारीरिक कसरत गर्नुपर्छ ।” टेलिभिजन हेर्ने, मोबाइल चलाउने, खाने, सुत्ने क्रम अवश्य पनि बन्दाबन्दीको समयमा बढी हुन्छ भन्दै डा. द्वारे थप्नुहुन्छ, “एक घण्टा भए पनि शारीरिक कसरतले विभिन्न हाडजोर्नी तथा नसासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ भने मधुमेह र उच्च रक्तचापका बिरामीलाई पनि फाइदा पुग्छ ।”

धेरै सुत्ने तथा मोबाइल चलाउने बानीले कम्मर, हात तथा स्पाइनलको समस्या आउने भएका कारण शरीर चलायमान गर्नुपर्ने उनको सुझाव छ । चिकित्सकका अनुसार टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहँदा पनि हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घरवरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्यमा फाइदा पुग्छ । डा. द्वारे भन्छन्, “हरेक दिन शरीरलाई सक्रिय बनाउन एउटा तालिका बनाई घरमै व्यायामहरू गर्न सकिन्छ ।”

दैनिक एउटा निश्चित समय व्यायामका लागि छुट्याएर त्यसलाई पालना गर्नुपर्ने कराँते खेलाडी अशोक श्रेष्ठको भनाइ छ । उनले बन्दाबन्दीको समय सदुपयोग गरी आफ्नो शरीर स्वस्थ बनाउन सकिने बताउँदै शरीरलाई जति चलायमान गर्यो त्यति नै राम्रो हुन्छ भने । उनी योग गर्नुका
साथै मेडिटेसन, सूर्य नमस्कार गर्नसमेत सुझाव दिन्छन् । अहिले कोरोना प्रकोपका कारण श्वासप्रश्वास प्रणालीमा पनि ध्यान दिनुपर्ने भएकाले योग र कसरतले श्वासप्रश्वासलाई प्रभावकारी बनाउन सहयोग गर्ने श्रेष्ठको भनाइ छ ।

उनी उफ्रने, प्राणायाम, अनुलोम विलोमलगायतले शरीरलाई फाइदा पुग्ने बताउछन् । अक्सफोर्ड जिम सेन्टरमा फिटनेस प्रशिक्षक नुमु श्रेष्ठ भन्छन्, “बन्दाबन्दीमा पनि घरमै बसेर शारीरिक व्यायाम गर्न थालिएको छ, यो शरीरका लागि फाइदाजनक काम हो ।” जानकारहरूका अनुसार दौडिने, डोरी खेल्ने, घरको छत तथा साना ठाउँमा उफ्रने, तौल उठाउने, घिसार्ने, उठबस आदिले पनि कसरत पुग्नेछ । करेसाबारीमा काम तथा घरको सरसफाइले पनि शरीरलाई फाइदा पुग्छ ।