३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरञ्जना भगवती मन्दिरमा दुईसय ६८ परिवारले राखे सामूहिक जमरा



तस्बिर:फाइल फोटो
अ+ अ-

नुवाकोट। बडादसैँको घटस्थापनाका दिन आज नुवाकोटको बेलकोटगढीमा दुईसय ६८ परिवारले सामूहिक जमरा राखेका छन् ।

बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा बडादसैँको लागि स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी–जनजाती र दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेका हुन् ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित यस मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यस वर्ष त्यसलाई निरन्तरता दिइएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिनुभयो ।

“यहाँ बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा सामूहिक जमरा राखेका छौँ”,उहाँले भन्नुभयो,“विजयादशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआराधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिने प्रचलन छ ।”

नुवाकोट नामकरणको आधार मानिएका नौ कोटमध्ये ‘प्रमुख कोट’ बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्त्वपूर्ण मानिन्छ । बेलकोटस्थित निरञ्जना भगवती मन्दिरमा पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँ लगायतका ठाँउका स्थानीयले सामूहिक रूपमा जमरा राख्ने गरिएको छ । रासस