१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

यो वर्षको नयाँ भर्ना अभियान अनिश्चित

यो वर्षको नयाँ भर्ना अभियान अनिश्चित
अ अ+ अ-

सरकारले घोषणा गरेको चालु वर्षको भर्ना अभियान अनिश्चित भएको छ । कोरोना भाइरस महामारीका कारण यो वर्षको भर्ना अभियान अनिश्चित भएको हो । सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्दै आएको थियो । तर यस वर्ष लकडाउनका कारण भर्ना अभियान प्रभावित बनेको छ । वैशाख १५ लगत्तै लकडाउन खुलेमा विद्यालयबाहिर रहेका बालबालिका लक्षित आन्तरिकरूपमा भए पनि भर्ना अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले वैशाख १५ पछि भर्ना अभियान सञ्चालन गर्न सकिने बताउँदै आएका थिए ।

लकडाउनको समय बढाएको कारण कहिलेदेखि भर्ना अभियान सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुलेपछि सामाजिक दूरी कायम राख्नुपर्ने भएको कारण कहिलेदेखि विद्यालय सञ्चालन हुन्छ भन्ने विषय अन्योल रहेको बताएका छन् । उनले विद्यालय खुल्ने समयको बारेमा तत्काल भन्न नसकिने बताए । उनले विद्यार्थीहरू विद्यालयमा पुग्न नसके पनि अनलाइनबाट कक्षा सञ्चालन गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । उनले त्यसको तयारीमा लाग्न सम्बन्धित क्षेत्रलाई निर्देशन दिएका छन् ।

अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे अध्ययन गर्न मन्त्रालयले करिब दुई साताअघि नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले अनलाइनबाट कक्षा सञ्चालन गर्ने विषयमा प्रारम्भिक मस्यौदा बुझाइसकेको छ । मन्त्रालयले सो मस्यौदा अध्ययन गरी कार्ययोजना बनाउने तयारी गरेको छ । मन्त्री पोखरेलका अनुसार पहिला एसईई, कक्षा १२ र ११ को परीक्षा सञ्चालन गर्ने त्यसपछि नयाँ शैक्षिक सत्र शुरू गर्ने विषयमा कुराकानी भइरहेको छ । केन्द्रका महानिर्देशक डा. थपलियाले भने कक्षा १–९ को परीक्षाफल प्रकाशित गरेपछि मात्र अन्य काम सुचारु गर्ने विषयमा तयारी भइरहेको जानकारी गराए ।

उनले भने– ‘पहिला परीक्षाफल प्रकाशित गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन बाँकी छ ।’ उनले यो वर्षबाटै अनलाइनमार्फत पठनपाठन गराउने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘वैशाख १५ सम्म कुर्छौं, त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछौं।’’–उनको भनाइ थियो । उनले कति विद्यालयमा इन्टरनेट पुगेको छ, कति विद्यार्थीसँग ल्यापटप, इनरोइड मोबाइल प्रयोग गर्न सक्छन्, वा कतिसँग ट्याब छ लगायतका विषयमा अध्ययन गरेपछि मात्रै कुन विधिबाट पठन पाठन सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुने बताए । उनका अनुसार हाल करिब ७३ प्रतिशत जनसंख्याले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् । बाँकी जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोच्नुपर्छ ।

केन्द्रले यसअघि नै दूरशिक्षाको माध्यमबाट अध्यापन गराइरहेको छ । एसईईको परीक्षाअघि विभिन्न टेलिभिजनमार्फत अध्ययन गराइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन प्रविधिमार्फत पठनपाठन गराउने विषयमा अध्ययन भइरहेको बताए। उनले भने– ‘अब अनलाइनको माध्यमबाट पढाउनुको विकल्प छैन, कसरी पढाउने भन्ने विषयमा मन्त्रालयले गठन गरेको समितिले निर्णय गर्ने ‘छ । त्यसअघि कक्षा १–९को परीक्षाफल प्रकाशित गर्ने, त्यसपछि एसइई, कक्षा १२ र ११ को परीक्षा लिने काम तत्काल गर्नुको विकल्प छैन ।’ उनले नयाँ शैक्षिक सत्र कहिलेबाट शुरू गर्ने भन्ने विषयमा सरकारको निर्णयमा भर पर्ने बताए । सरकारले लकडाउन खुला गरेपछि अन्तिममा मात्रै विद्यालय खोल्न अनुमति दिने तयारी गरेको छ । त्यसअघि विद्यालयले अनलाइनबाट पठनपाठन गराउनुको विकल्प नभएको मन्त्रालयको भनाइ छ । ’

सरकारले तेस्रो पटक लकडाउन लम्ब्याएसँगै केही निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरिसकेका छन् । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजले पढाउन थालिसकेका छन् । नेपालका अधिकांश कलेजले अनलाइन कक्षा शुरू गरिसकेका छन् । सरकारी कलेज र विद्यालयले कसरी कक्षा सञ्चालन गर्ने भन्ने विषयमा सरकारको निर्णय कुरेर बसेका छन् । लकडाउन कहिलेसम्म लम्बिन्छ भन्ने विषय तत्काल भन्न नसकिएको अवस्थामा अनलाइनबाट पढाउनुको विकल्प नभएको मन्त्री पोखरेलको धारणा छ । पहिला रोकिएका परीक्षा सम्पन्न गर्ने त्यसपछि पठनपाठनमा ध्यान केन्द्रित गर्ने मन्त्रीको सोचाइ रहेको छ । नेपाल समाचारपत्र दैनिक