२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय गाडीलाई ‘टाइम कार्ड’



अ+ अ-

कञ्चनपुर। पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ ।

भन्सार महसुल ऐन,२०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

यस कार्यले सीमा नाका हुँदै आउने भारतीय सवारीसाधनको अभिलेख राख्नुका उनीहरूका गतिविधिबारे अनुगमन गर्न पनि सहज हुने उहाँले बताउनुभयो । “यस प्रणालीअन्तर्गत सीमा नाका हुँदै आउने भारतीय गाडीलाई समय तोकेर पठाइनेछ ।

निर्धारित समयभित्र सो गाडी फर्कनुपर्नेछ । निर्धारित समयभित्र नफर्कने गाडी नियन्त्रणमा लिएर कारबाही गरिनेछ”, बोहराले भन्नुभयो ।रासस