१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘सेक्युरिटी फिचर’ सहितको ५ र १० रुपैयाँको नयाँ नोट छाप्ने तयारी

‘सेक्युरिटी फिचर’ सहितको ५ र १० रुपैयाँको नयाँ नोट छाप्ने तयारी
अ अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ । बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेनि’ सँग सम्झौता गरेको हो । बैंकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियो । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्ताक्षरयुक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ ।

केन्द्रीय बैंकले ५ रुपैयाँ दरको नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्न राष्ट्र बैंकले गत १४ जनवरीमा टेन्डर आह्वान गरेको थियो । त्यसमा आएको आवेदनका आधारमा चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई नोट छपाइको जिम्मा दिइएको हो । सो कम्पनीसँग ४३ लाख ९७ हजार ५ सय अमेरिकी डलरमा यस्तो सम्झौता गरिएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी, १० रुपैयाँ दरका लागि कम्पनीसँग ४१ लाख ४० हजार ४ सयमा खरिद सम्झौता भएको छ । नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ । जसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्छन् । ‘प्रि क्वालिफिकेसनमा’ परेका कम्पनीको प्राविधिक र आर्थिक सर्वेक्षण अध्ययन गरेपछि नेपाल राष्ट्र बैंकले कम्पनी छनोट प्रक्रिया टुंग्याउँछ ।

केन्द्रीय बैंकले यसअघि नै दसैंमा नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको थियो । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दसैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो योजना बनाएको हो । दस्रंमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिँदा देशलाई नै ठूलो धनराशि क्षति हुने गरेकोे बुझाइ राष्ट्र बैंकको छ । राष्ट्र बैंकले वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी नोट छपाइमै खर्च गर्दैै आएको छ । नेपालले पहिलोपटक २०७३ सालमा चीनमा १ हजार रुपैयाँ दरका नोट छापेको थियो । यसअघि नेपालका नोटहरू जर्मनी, स्विडेन, बेलायत, नेदरल्यान्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसियालगायतका मुलुकमा छापिन्थे ।

जर्मनीले जिस्क एन्ड डेभ्रिएनट जीएमबीएचर बन्डेस डर्केरीमार्फत र स्विडेनले क्रेन एबी कम्पनीमार्फत, बेलायतले डिलारु करेन्सीमार्फत नोट छाप्ने काम लिइरहेका छन् । त्यस्तै, फ्रान्सको ओबेरथर फिडुकेयर, रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज, इन्डोनेसियाको पेरुम पेरुरी, नेदरल्यान्डको जोन ईन्सेड बैंक नोट बीभी, क्यानडाको क्यानेडियन बैंक नोट कम्पनी लिमिटेडबाट नोटहरू छाप्ने गरिन्छ । नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ । नोटमा ‘एनआरबी’ लेखिएको सेक्युरिटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुन्छ ।

नेपालमा पहिलोपटक चीनमा छापिएका १ हजार दरका नेपाली नोट २०७३ सालको माघमा नेपाल राष्ट्र बैंकले प्राप्त गरेको थियो । त्यसबेला चिनियाँ मुद्रा मुद्रण संस्थाअन्तर्गत च्याङसीको नानछाङ प्रिन्टिङ कम्पनी लिमिटेडले २०७३ सालको भदौमा नेपाली मुद्रा छाप्ने अर्डर प्राप्त गरेको थियो । चिनियाँ कम्पनीले नेपाल राष्ट्र बैंकबाट १ हजार रुपैयाँ दरका २० करोड नोट अर्थात् २ खर्ब रुपैयाँ बराबरका नोट छाप्ने अर्डर पाएको थियो । राजधानी दैनिक