१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

लकडाउनमा पदयात्रा : स्थानीयवासी त्रसित

लकडाउनमा पदयात्रा : स्थानीयवासी त्रसित
अ अ+ अ-

कास्की । कोभिड–१९को सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन) मा समेत पदयात्रा जाने बढेपछि स्थानीयवासी त्रसित भएका छन् । कास्कीमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको माछापुच्छे मोडेल ट्रेकमा लकडाउन शुरु भएपछि समेत पदयात्रा गर्नेको कमी छैन ।

लकडाउनका बेला गाउँ आएका तथा केही यही बेलामा बजारबाट समेत आएर पदयात्रा गर्नेको सङ्ख्या बढेको बताइन्छ । त्यसैगरी यस क्षेत्रको रमणीय खुमै र कोर्चन क्षेत्रमा समेत मानव गतिविधि बढेको छ । लकडाउनले सबै क्षेत्र ठप्प रहेपछि गाउँमा आएका युवाले यस अवसरलाई पदयात्रामा उपयोग गरेपछि पदयात्रा मार्गमा भीडभाड बढेको हो । पदयात्रा मार्गस्थित माछापुच्छे गाउँपालिका–९ कल्थामा होटल व्यवसाय सञ्चालन गर्दे आउनुभएका मनु क्षेत्रीले लकडाउनको अवधि बढेसँगै पदयात्रामा जानेहरु पनि बढिरहेको बताउनुभयो ।

आफूहरुले यहाँ आउनेहरुलाई सम्झाइ बुझाइ गर्ने र फर्काउने प्रयास गरे पनि दिनानुदिन आउन थालेसँगै आजित भइसकेको र कोरोनाको सम्भावित सङ्क्रमणबाट गाउँवासी आतङ्कित हुनुपरेको उहाँको भनाइ छ । होटलमा बस्न र खानेकुरा किन्न कडाइ गरे पनि दिनदिनै नयाँ मान्छे पदयात्राका लागि आइरहेको बताइन्छ । चक्रीय माछापुच्छ«े नमूना पदयात्रा कुइबाङबाट सैतीघट्ट, इमु, तक्रो प्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोर्चन, खुमै हुँदै ‘भ्यू पोइन्ट’ पुग्न सकिन्छ ।

त्यसैगरी सार्दीखोला तथा माछापुच्छे हुँदै सोही बाटो भएर पनि आउन सकिन्छ । सैँतीघट्टमा पदयात्रा जानेहरुका लागि कडाइ गरिए पनि माछापुच्छ«े तथा सार्दिखोला भएर खुमई हुँदै आउनेहरु बढी रहेको बताइन्छ । “गाउँमा अहिले बूढाबूढीमात्र हुनुहुन्छ, कोरोनाबारे धेरै थोरै जानकार उहाँहरुले गाउँमा धेरै मान्छे आएपछि त्रसित हुनुभएको छ, उनीहरुलाई रोक्न आग्रह गर्नुभएको छ, तर हामीले सकेका छैनौँ । यसबारेमा जनप्रतिनिधिहरुलाई खबर गरेका छौँ”, स्थानीय नौढोके क्लबका अध्यक्षसमेत रहनुभएका क्षेत्रीले भन्नुभयो ।

माछापुच्छ«े गाउँपालिकाले सरकारले जारी गरेको लकडाउन आदेशको अवज्ञा गरी पदयात्रा गर्ने तथा घुमफिरमा निस्कनेहरुलाई नियन्त्रणका लागि सुरक्षाकर्मी सो क्षेत्रमा पठाउने तयारी गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पदयात्री बढेको र सामाजिक दूरी कायम नभएको बारेमा व्यापक जनगुनासा आएकाले सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो । “लकडाउन भनेपछि शहर अथवा गाउँ जहाँ भए पनि कडाइका साथ पालना हुनुपर्छ । गाउँमा आएर पदयात्रा जाने र घुमफिर गर्ने छुट छैन, त्यसलाई नियन्त्रण गर्दछौँ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

पदयात्रा गर्ने बढेको र जनजीवन त्रसित बनेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङअन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति माछापुच्छ«ेले शनिबार विशेष सूचना जारी गरी लकडाउनमा समेत खुमै तथा कोर्चन क्षेत्रमा मानव गतिविधि बढेकाले सामाजिक दूरी भङ्ग भई अहिलेको महामारीले विकराल रुप लिन सक्ने भएकाले सबैलाई सचेत र सजग रहन आग्रह गरेको छ ।

माछापुच्छ«े गाउँपालिकाअन्तर्गतका वडा संरक्षण व्यवस्थापन समितिमार्फत वडा, गाउँ टोलबाट कोही कसैले सो क्षेत्रतर्फ गएको थाहा भएमा तुरुन्त फिर्ता हुन र अब कोही कसैलाई पनि लकडाउन अवधि भर सो क्षेत्रमा नजान आग्रह गरिएको समितिका सचिव अनुप गुरुङले बताउनुभयो । वडा नं ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले पदयात्रामा जानेहरुलाई रोक्ने प्रयास भए पनि विभिन्न ठाउँ भएर लुकीछिपी जानेहरु बढिरहेको बताउनुभयो । नियन्त्रणका जनप्रतिनिधि खटिए पनि सुरक्षाकर्मी अपुग हुँदा सबैतिर रोक्न कठिन भएको उहाँको भनाइ छ ।

पदयात्रामार्गको तीन हजार ६८२ मिटर उचाइमा अवस्थित ‘भ्यू पोइन्ट’ पुगेर एकै पटकमा अन्नपूर्ण साउथ, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, गन्धर्व हिमाल, अन्नपूर्ण प्रथम, बुद्ध हिमाल, मर्दी हिमाललगायत १० वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । कोरचोङबाट बुकेनी हुँदै दुई दिनको यात्रापछि रमणीय ‘तीन शिर’ पुग्न सकिन्छ । सेती, मादी र मोदी नदीको शिर भएकाले यसलाई ‘तीन शिर’ भन्ने गरिएको र यहाँ आएर श्राद्ध गरेको खण्डमा पितृले मुक्ति पाउने भन्ने विश्वासले यसको धार्मिक महिमासमेत रहेको बताइन्छ ।