९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता



अ+ अ-

कञ्चनपुर। ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् ।

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा रहेका ४७८ कैदीबन्दीमध्ये ४५७ जना भागेका थिए । हालसम्म ३२२ जना फिर्ता आएका र १३५ जना अझै फरार रहेका छन् ।

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये नौ जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ । बाँकी १७ जना अझै फरार छन् । अभद्र व्यवहारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक भने कारागारमुक्त भएको प्रशासक जोशीले बताउनुभयो ।

यसैगरी पाँच जना कैदीबन्दीले कैद अवधि पूरा गरी कारागारमुक्त भएका छन् । कारागारबाट बाहिरिएका तीन जना कैदीबन्दी सम्पर्कमा रहेको र भोलि बिहानसम्म फिर्ता आउने आश्वासन दिएको प्रशासक जोशीले जानकारी दिनुभयो ।

कारागारमा रहेका २१ जना कैदीबन्दी भने आन्दोलनका बेला पनि नभागी त्यही रहेका थिए । भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरीले ‘सर्च एण्ड अरेष्ट अपरेसन’ सञ्चालन गरिरहेको छ । रासस