४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

अन्तर्राष्ट्रिय चेम्बरले जेनजी भाटभटेनीको पुनर्निर्माणमा सहयोग गर्ने

अन्तर्राष्ट्रिय चेम्बरले जेनजी भाटभटेनीको पुनर्निर्माणमा सहयोग गर्ने
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेर क्षति पुर्‍याएको भाटभटेनी सुपरमार्केटको पुनर्निर्माणमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

आइतबार क्षतिग्रस्त बालुवाटारस्थित भाटभटेनीको गोदाममा भएको भेटमा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल (आईसीसी नेपाल) का अध्यक्ष राजेशकाजी श्रेष्ठले भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलाई नेपालमै उत्पादन हुने छड, सिमेन्ट, टायल, रंग–रोगनलगायत निर्माण सामग्री फ्याक्ट्री मूल्यमा उपलब्ध गराउन व्यवसायीहरुसँग पहल गर्ने आश्वासन दिएका थिए।

श्रेष्ठले यस्तो विपद्‌मा उद्योग–व्यवसायले आ–आफ्नो उत्पादनमार्फत सहयोग गर्नुपर्ने र उदारता देखाउनु पर्ने समय आएको बताए। “दुखद समयमा सहयोग गर्ने हाम्रो परम्परा भएकाले सबै व्यवसायीले साथ दिनुपर्छ,” उनले भने।

त्यस्तै उनले बैंक तथा बीमा कम्पनीलाई पनि भाटभटेनीको पुनर्निर्माणका लागि बीमाको सेटलमेन्ट र आवश्यक वित्तीय प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरे। भेटमा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

गत भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट तोडफोड, लुटपाट र आगजनीमा परेको थियो। मुलुकभर रहेका २८ शाखामध्ये १२ वटा शाखामा भएको तोडफोड, डकैती र आगजनीका कारण करिब ५० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

यति ठूलो क्षति हुँदाहुँदै पनि अध्यक्ष मीनबहादुर गुरुङले आफ्नो सपना र संकल्पमा कुनै धक्का नलागेको बताएका छन्। बरु अझ बलियो भएर उठ्ने अठोट व्यक्त गर्दै उनले भाटभटेनीले १९८४ सालदेखि निरन्तर उपभोक्ता, समाज र मुलुककै हितमा योगदान दिँदै आएको स्मरण गराए।

भाटभटेनीले वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्दै आएको छ भने १० हजारभन्दा बढीलाई रोजगारी सिर्जना गरेको छ। यसअघि पनि सुपरमार्केटले टिचिङ अस्पताललाई साढे ९ करोडको भवन उपहार, डा। भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन बाल अस्पताललाई ४१ करोड सहयोग र बाढी–पहिरो पीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको थियो।