२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इञ्जिन हो भन्ने तथ्य कहिल्यै बुझाउन सकिएन

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इञ्जिन हो भन्ने तथ्य कहिल्यै बुझाउन सकिएन
अ अ+ अ-

नेपालको समग्र अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ । त्यस्तै मुलुकमा उपलब्ध रोजगारीमा ८६ प्रतिशत योगदान रहेको छ । यो कुनै अनुमान नभएर अनुसन्धानबाट प्राप्त प्रामाणिक तथ्य हो ।

यसबाट प्रष्ट हुन्छ कि मुलुकमा राजस्वको योगदानमा निजी क्षेत्रको हिस्सा अथवा अवस्था । त्यसैले हामीले भन्ने गरेका हौँ कि मुलुकको अर्थतन्त्रको प्रमुख इञ्जिन नै हो ।

यो वास्तविकता नेपालको मात्र होइन, विश्वकै हो । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुमा निजी क्षेत्रलाई राज्यले के सहुलियत दिएको छ, कस्तो प्राथमिकता दिन्छ भन्न तथ्य हामीलाई भन्दा यहाँलाई नै बढी थाहा छ ।

तर, दु:खको कुरा यो तथ्य हामीले राज्यलाई बुझाउन कहिल्यै सकेनौँ । निजी क्षेत्र देशको राजस्वको प्रमुख स्रोत हो, मुलुकको अर्थतन्त्रको मात्र नभएर मुलुक सञ्चालनकै प्रमुख इञ्जिन हो भन्ने कुरा राज्यले नीति नियममा स्वीकार गरेपनि व्यवहारमा कहिल्यै स्वीकार गरेन । र हामीले बुझाउन पनि सकेनौँ ।

निजी क्षेत्र र त्यसका प्रतिनिधिहरुलाई राज्यलले, सरकारले, आमनागरिकले जुन स्थान र सम्मान दिनुपर्दथ्यो, त्यो हुन सकेको छैन । तर हामीले सम्मान पाएनौँ भन्ने कुनै व्यक्तिगत दुखेसोे भने यो कदापि होइन । त्यस रुपमा हामी अपेक्षा पनि गर्दनौँ र सम्माननीय प्रधानमन्त्रीज्यूले पनि नलिइदिनुहोला ।

तर पनि यहाँ मुलुकका समग्र निजी क्षेत्रको नेतृत्वका तर्फबाट मैले प्रस्तुत गर्न खोजेको आम भावना यो हो कि हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । ठूलो लगानी गर्दा पनि यत्रो पैसा कहाँबाट आयो रु कसरी कमायो रु भन्ने जस्तो सोच समाजमा छ । जति ठूलो लगानी भयो त्यति देशको समृद्धि बढ्ने हो भन्ने सोच समाजमा आझै आएन ।

सायद, हामीलाई लाग्छ त्यसैको परिणाम हरेक आन्दोलनमा निजी क्षेत्रका व्यक्तिगत संरचना तथा उद्योग प्रतिष्ठन हुने गरेका छन् । यस पटकको पछिल्लो आक्रमण पनि त्यसैको उपज हो भन्ने हाम्रो निष्कर्ष छ ।

मुलुकको युवा बर्गले अबका दिनमा यो वास्तविकता बुझ्न सक्ने वातावरणको निर्माण गर्न हामी नेपाल सरकारसँग हार्दिक अपिल गर्दछौँ । मुलुकको समृद्धिको साँचो नै निजी क्षेत्रको हातमा छ भन्ने तथ्य युवा बर्गले बुझ्नु जरुरी छ ।

यतिखेर समग्र मुलुकजस्तै हामी पनि मर्माहत भएका छौँ । हाम्रा व्यक्तिगत सम्पत्ति, साझा पर्यटन लगायतका पूर्वाधार एवं उद्योग प्रतिष्ठानहरुमा आक्रमण भएको छ । काठमाडौँ र अन्य जिल्लामा पनि यस्तो अवस्था छ ।

तर पनि हामले मुटुमाथि ढुंगा राखी हास्नु परेको छ भनेजस्तै हामीले पुन: उठ्छौँ भन्नु परिरहेको छ, खरानी टकटकाएरै उठ्छौँ भनिरहेका छौँ । हामीले यसो नगर्दा मुलुकको समग्र निजी क्षेत्रको आत्मबल उठ्न सक्दैन । अनि वास्तविकता नै के हो भने हामी नउठी मुलुकको अर्थतन्त्र पनि उठ्न सक्दैन ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अहिले जे जति संरचनाहरु ध्वस्त भएका छन् तिनको पुन: निर्माणका लागि निजी क्षेत्रको साथ, सहयोग र सहकार्य आवश्यक छ भन्ने कुरा त यहाँलाई अवगत नै छ ।

त्यसैले यसका लागि र निजी क्षेत्रलाई आवश्यक सहयोगका लागि हामी सरकारको सहयोगको अपेक्षा गरेका छौँ । संकटको बेला सरकारसँग हर प्रकारको सहयोगका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न हामी तम्तयार छौँ ।

हामीलाई गएका केही बर्षयता मात्र पटक पटक ठूलो धक्का मिलेको छ । १० बर्ष अघिको भूकम्पले हामीलाई एक प्रकारले भन्दा थला पारेको थियो । मन दह्रो बनायौँ, संघर्ष गर्यौँ र बल्लतल्ल उठ्यौँ ।

त्यसपछि कोभिड महामारीमा पनि सबैभन्दा ठूलो मर्कामा हामी नै थियौँ । एकातर्फ ज्यान जोगाउनुपर्ने अवस्था थियो भने अर्कातर्फ हाम्रा उद्योग धन्दाका सटर बन्द हुनबाट जोगाउनुपर्ने थियो । त्यस्तो बेलामा पनि हामी तंग्रियौँ, उठ्यौँ ।

त्यसको केही समयपछि नै हामीलाई रुस युक्रेन युद्धको बाछिटाले नराम्रोसँग हान्यो । कोभिड होस् या युक्रेन युद्ध । त्यसमा हामी चाहिने भन्दा बढी नै सावधान पनि भयौँ । देशको अर्थतन्त्र संकटमै पुग्यो । फेरि जेनतेन बामे सर्दै उठ्यौँ । नेपाली व्यवसायीले सटर बन्द गर्ने र विदेश तथा अन्यत्र काममा पलायन हुनबाटा जोगाउने सक्दो प्रयत्न गर्यौँ ।

मुलुकको अर्थतन्त्रले पुरानो लयमा फर्कने अधिकतम प्रयासमा थियो । अर्थतन्त्रका केही सूचक सकारात्मक पनि हुदै गएका थिए । पर्यटक आगमन बढेको थियो, साना मझ्यौला उद्योग, व्यवसायहरुले राम्रै आर्थिक कारोबारको आँकडा निकालिरहेका थिए ।

तर अहिले यस्तो बेलामा मुलुकमा आगजनी भयो कि यो पर्यटक आगमनको सिजन हो । यस्तो अवस्थामा होटलमा, पर्यटकीय पूर्वाधारहरुमा आगजनी र आक्रमण भएबाट विश्वभर गएको सन्देशले पक्कै पनि पर्यटक आगमनमा क्षति पुगेको छ ।

नवनिर्माण एवं पुर्ननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत पनि निजी क्षेत्र रहेको हुँदा वर्तमान सरकार र युवा पुस्ताको चाहना बमोजिम निष्पक्ष निर्वाचन र समुन्नत नेपाल निर्माणका लागि उद्यमी व्यवसायका निम्न सुझाव कार्यान्वयनका लागि सादर अनुरोध गर्दछु ।

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ ।

अहिले हामी स्वदेशी व्यवसायीहरुको आत्मबललाई माथि उठाइ वैदेशिक लगानीको सुनिश्चिता गर्नु प्रमुख चुनौती छन् । यस्तो अवस्थामा विदेशी लगानी कसरी भित्र्याउने भनी सरकारले निर्माण गर्ने हरेक रणनीतिमा हामी साथमै छौँ । लगानीको वातावरण अब थप बिग्रन नदिन सरकारले विशेष कदम चालोस् भनी आग्रह गर्दछौँ ।

यस्तो अवस्थामा हामीले भन्दै आएजस्तै अब खरानी टकटकाएरै उठ्नुपर्ने अवस्था छ । त्यसैले सरकार र निजी क्षेत्रको हातेमालो आवश्यक छ । हामीसँग पुनर्संरचना र पुन: निर्माणको विकल्प छैन । त्यसैले सहकार्य र सहयोगका साथ नै अघि बढ्नुपर्ने छ । हर प्रकारको सहयोग र सहकार्यका लागि निजी क्षेत्र सक्षम छ, तम्तयार छ ।

(नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष निजी क्षेत्रका तर्फबाट नेपालको पछिल्लो अवस्थाका बारेमा आज राख्नुभएको धारणाको सम्पादित अंश ।)