२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोट पुगिन् निवर्तमान प्रधानमन्त्री ओली पत्नी राधिका, भनिन्- संग्रहालय होइन, खरानी छाडेर जानुपर्ने भयो



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले आज बालकोटस्थित आगलागीबाट खरानी भएको घरको अवलोकन गरेकी छन् ।

जेन–जी को नाममा एक हुलले आगजनी गरेको घरको अवलोकन गर्न राधिका बालकोट पुगेकी हुन् ।

आफू वर्षौंदेखि बस्दै आएको घर आगजनीबाट ध्वस्त भएको देखेपछि उनी भावुक बनेकी थिइन् ।

यो घरलाई ओली र पत्नी राधिकाले नयाँ पुस्तालाई संग्रहालयका रुपमा छाडेर जाने बताएका थिए । तर अहिले जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा घरमा आगजनी गरी ध्वस्त पारिएको छ ।

‘यो घर सङ्ग्रहालयको रुपमा छोडेर जाने बिचार भए पनि अब खरानी छोडेर जानुपरेको छ’, उनले भनिन् ।

उनले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरु जतन गरेर राख्ने गरेको, अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमूल्य बस्तुहरु समेत संग्रहालयको रुपमा सजाएर राखिएको बताइन् ।

‘मलाई यो घर व्यवस्थापन गर्न छ महिना लाग्यो’ उनले भनिन्, ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मानपत्र तथा मायाको चिनो र अर्को कोठामा चीन, कम्बोडिया, भारत, भियतनाम,जापानलगायतका देशका प्रधानमन्त्रीहरुले दिएका अमूल्य सामानहरु दराजहरुमा थिए ।’

शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा भएका सामानको सम्झना गरिन् । ‘यति मेरो पसिना र श्रम परेको छ नि’ भावुक हुँदै शाक्यले भनिन् ‘बालुवाटार हुँदा पनि म साता दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’

शाक्यले घर फेरि बनाउन सकिए पनि इतिहास फेरि बनाउन नसकिने बताइन् । जेन–जी आन्दोलनका अराजक जत्थाले गत भदौ २४ गते बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीका दुवै घर जलाएको थियो ।