२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

लगानीको वातावरण बिग्रन नदिऔं: अध्यक्ष ढकाल

लगानीको वातावरण बिग्रन नदिऔं: अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन आग्रह गर्नु भएको छ । भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा आागजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरिक्षण गर्दै उहाँले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गर्नुभएको हो ।

उहाँले जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यीक्तको निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन र रोजगारीमा असर परेको बताउनु भयो ।

नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालले बताउनु भयो । “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु । ” अध्यक्ष ढकालले भन्नुभयो ।

अध्यक्ष ढकालले नेपालका वैदेशिक लगानी भित्र्याउन तथा आन्तरिक लगानी प्रर्वद्धन गर्न महासंघले निरन्तर पहल गरेपनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राख्नु भयो ।

नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा निजी क्षेत्रले ८६ प्रतिशत भन्दा बढि योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उहाँले बताउनु भयो । उहाँले यो घटनाले सरकारको समेत राजस्व समेत गुम्ने अवस्था आएको बताउनु भयो ।

महासंघका अध्यक्ष ढकाल सहित उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ कोषाध्यक्ष भरतराज आचार्य र केन्द्रीय सदस्यहरु सैलेन्द्र गुरागाई, डा.राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतले क्षतिग्रस्त संरचनाहरुको निरिक्षण गर्दै आगजनीबाट भएको क्षतिबारे जानकारी लिनुभएको थियो ।

महासंघले यस अघि अर्थमन्त्री तथा गृहमन्त्रीसंग भेट गरेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेकोले सो को प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्ती माथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूमाथि कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । महासंघले निजी क्षेत्रको संरक्षण, सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै आएको छ ।