१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

‘तत्कालीन सरकारको हठ र समाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण बन्यो’

‘तत्कालीन सरकारको हठ र समाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण बन्यो’
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गर्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्यता बढेकोमा सरकारको नेतृत्वमा रहनेहरु परिवारवादमा लिप्त हुँदा युवाहरु आन्दोलित भएको उहाँको भनाइ छ । उहाँले संवैधानिक आयोग तथा राज्यका निकायहरुमा प्रतिष्पर्धा र क्षमताका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिका कारण जनतामा व्याप्त आक्रोश रहेको बताउनु भयो । साथै जेन—जी पुस्ताको आन्दोलनमा व्यवस्थाविरोधी तथा वैदेशिक शक्तिहरुले घुसपैठ गरेको समेत उहाँले आशंका गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा विद्यमान शासन प्रणालीअन्तर्गत भएका अनियमितता, भ्रष्टाचारले गर्दाखेरी आम जनतामा पनि असन्तुष्टी र युवाहरुमा पनि बेरोजगारको समस्या, थुप्रै युवाहरु विदेशीनुपर्ने स्थितिका कारण उनीहरुमा  देखा परेको नैराश्यता तथा नेपाटिज्म । सरकारको उच्च  ओहोदामा बस्ने मन्त्री, प्रधानमन्त्री तथा नेताहरुको छोराछोरीको कारण पनि जेनजी आन्दोलन भएको छ ।  प्रतिष्पर्धा र क्षमताको आधारमा रोजगारीको सिर्जना गर्ने कुरा त कहाँ छ कहाँ भएका ठाउँहरुमा पनि आफ्ना मान्छेहरु भर्ति गर्ने प्रवृत्तिले जनतामा उकुसमुकुस थियो । त्यसैमा सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइसकेपछि सबैभन्दा धेरै आक्रोश त्यहाँबाट आएको देखिन्छ । आजको नयाँ पुस्ता सानैदेखि सामाजिक सञ्जालमा जोडिन थाल्छ । सामाजिक सञ्जालको उपयोगिता पनि यतिबेला बहुआयामिक थियो । आफ्ना अभिव्यक्ति पनि त्यही माध्यमबाट सिक्न खोज्दै थियो । त्योभन्दा माथिको तहको व्यक्तिले साझा गर्न पाउँथ्यो । शिक्षा प्राप्त गर्न पनि सामाजिक सञ्जालको प्रयोग गरिरहेको थियो । सरकार सामाजिक सञ्जालमार्फत नै अलोकप्रिय हुँदै गएको थियो । उसका सबै कर्तुतहरु पर्दाफास हुन थाले । सरकारलाई यो कुरा पचेन र अचानक सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाइदियो । त्यो नै सबैभन्दा ठूलो गल्ति थियो । त्यसकै कारण युवाहरु आन्दोलनमा आएका थिए । उनीहरुको उद्देश्य व्यवस्था थिएन भ्रष्टाचार रोक्ने थियो । आन्दोलनमाथि सरकारले गोली चलाएर दमन ग¥यो  । त्यसमाथि यो प्रणाली र परिवर्तन नरुचाउने शक्तिहरु पर्खेर बसेका थिए । उनीहरुले यसलाई अवसर माने । त्यसकारण यो सब भयो ।’

उहाँले मुलुक राजनीतिक शुन्यतामा रहेको उल्लेख गर्दै पार्टी संगठनलाई बलियो बनाएर जनतामा जान पार्टी दृढ रहेको पनि बताउनु भयो ।