४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट
अ+ अ-

हङकङ । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका कारण मागमा कमी आएपछि मूल्यमा पनि व्यापक गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् ।

विश्लेषकहरुका अनुसार यसै अप्रिल महिनामा विश्वका ठूला तेल उत्पादक मुलुकहरुबीच प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति भए पनि त्यसले बजारलाई स्थायित्व दिन सकेको देखिएन । विश्वका धेरै देशमा हाल जारी लकडाउन र यात्रा प्रतिबन्धले अर्बौं मानिस घरभित्रै बस्न बाध्य भएका कारण तेलको मागमा व्यापक कमी आएको छ ।

डब्लुटिआईको ओक्लाहोमास्थित कुसिङ तेल भण्डारणमा तेल भरिन लागेको छ । एएनजेडले मागमा कमी आएका कारण कच्चा तेलको मूल्यमा दबाब रहिरहने बताएको छ ।

इटाली, स्पेन, फ्रान्स र बेलायतमा कोरोनाभाइरसका कारण हुने दैनिक मृत्यु दर एवं संक्रमित दरमा कमी आएको बताएका छन् । युरोपका देशहरुले लकडाउनमा विस्तारै सहजीकरण गर्न योजना अघि सार्न थालेका छन् भने संयुक्तराज्य अमेरिकामा अर्थतन्त्र र बजार खुलाउन माग गर्दै प्रदर्शन पनि हुन थालेको छ ।

शेयर बजारतर्फ हङकङ, शाङघाई र सियोलको बजार ०।१ प्रतिशतले बढेको छ भने वेलिङटनको शेयर बजार ०।४ प्रतिशतले वृद्धि भएको छ । तर टोकियो शेयर बजार ०।९ प्रतिशतले घटेको छ । सिड्नी र मनिला शेयर बजार १ प्रतिशतले घटेको छ । ताइपेई, सिंगापुर र जकार्ताको शेयर बजारमा कमी आएको छ ।

लगानीकर्ताहरु वासिङ्टन डिसीतर्फ ध्यानदृष्टि लगाएका छन् जहाँ अमेरिकी कङ्ग्रेस र ह्वाइट हाउसबीच साना व्यवसायलाई मद्दत गर्नेगरी अघि सारिएको ४ खर्ब ५० अर्ब डलरको राहत प्याकेजका बारेमा छलफल जारी छ । अमेरिकी सरकारले यसअघि नै अर्थतन्त्रलाई जोगाउन २० खर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेको छ ।